१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

राप्रपा नेपालको विरोध प्रदर्शनबाट दर्जन नेता पक्राउ



काठमाडौं । राप्रपा नेपालले देशव्यापी रुपमा गरेको शान्तिपूर्ण विरोध प्रदर्शन सम्पन्न भएको छ । संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य तथा राजसंस्था र हिन्दुराष्ट्र पुनस्स्थापना तथा संघियताको खारेजीको माग राखि राप्रपा नेपालले विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनको क्रममा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बोकेको भ्रष्ट शासक र भ्रष्ट व्यवस्थाको पुत्ला दहन समेत गरिएको थियो । शान्तिपूर्ण प्रदर्शनमा विभिन्न जिल्लाहरुमा प्रहरि प्रशासनले धरपकड र हस्तक्षेप गरेकोमा राप्रपा नेपाल भत्सर्ना गर्दछ‌ ।

काठमाडौंमा पार्टीका जिल्ला अध्यक्ष श्याम घिमिरे, सहायक महामन्त्री धनबहादुर थापा, ट्रेड युनियन महासंघका केन्द्रीय महासचिव आनन्द रिसाल, केन्द्रीय सदस्य कृष्ण कार्की तथा हेटौंडामा पार्टी जिल्ला सचिव भृगु कार्की सहित रमेश चौँलागाई,रोम सापकोटा,नवराज अधिकारी, कृष सापकोटा र कृष्चल सापकोटालाई प्रहरिले पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई राती नै रिहा गरिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

शान्तिपूर्ण प्रदर्शनमा प्रहरिले हस्तक्षेप गरि पक्राउ गरिएकोमा महामन्त्री बर्तौलाले आपत्ती जनाएका छन् । ‘राप्रपा नेपाल आन्दोलनमा उत्रिएको छ, अब हामी निर्णायक आन्दोलनको तयारी गर्छौ’ बर्तौलाले भने । आन्दोलनको क्रममा मसाल जुलुस र पुत्ला दहनमा नेता कार्यकर्तालाई उत्साहित पार्न पार्टी अध्यक्ष कमल थापा विभिन्न स्थानमा आफै पुगेका थिए ।

जिल्ला सदमुकामहरुका साथै काठमाडौं उपत्यकाको ४१ स्थानमा मसाल जुलुस प्रदर्शन गरिएको पार्टीले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ७ : ४४ बजे

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि

जेनजी घाइतेको विवरण सार्वजनिक

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न

बैठक जारी रहेकैबेला जलजला दुर्घटनामा २० जनाको ज्यान गएपछि शोक मनाएर बैठक स्थगन

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वको जारी बैठक जिप दुर्घटनामा

रोल्पा दुर्घटनामा मृतकको सनाखत (नामावली सहित)

रूकुमकोट । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म