१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

प्रदेश ५ मा यातायात क्षेत्रमा लाग्ने शुल्क, दस्तुर तथा जरिवाना बुझाउने म्याद असोज मसान्तसम्म थप



बुटवल । प्रदेश ५ सरकारले यातायात क्षेत्रमा लाग्ने शुल्क तथा दस्तुरमा लाग्ने बिलम्ब शुल्क (जरिवाना) बुझाउने समय सिमा असोज मसान्त सम्मका लागि थप गरेको छ ।

प्रदेश ५ सरकारको मन्त्रिपरिषदको बैठकमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री बैजनाथ चौधरीबाट पेश भएको प्रताव अनुमोदन गर्दै शुल्क, दस्तुर तथा जरिवाना बुझाउने म्याद थप गरेको हो ।

मन्त्रिपरिषदको निर्णय सार्वजानिक गर्दै प्रदेश ५ सरकारका प्रवक्ता बैजनाथ चौधरीले मन्त्रिपरिषदले भौतिक पुर्वाधार बिकास मन्त्रालय र अन्तर्गतका निकायबाट प्रदान गरिने सेवाहरुबापत लिईने सेवा शुल्क तथा दस्तुरहरुको दर रेट स्विकृति गर्ने सम्बन्धमा प्रस्तुत प्रस्ताव स्विकृति गरेको जानकारी दिए । उनले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सेवा सुबिधा सम्बन्धि ऐन २०७५ को अनुसुचि संशोधन गर्न बनेको बिधेयकलाई पनि मन्त्रिपरिषदले स्किृती प्रदान गरेको छ । बैठकले मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम कार्यबिधि, प्रदेश राजपत्र प्रकाशन सम्बन्धी कार्यबिधि संशोधन गर्न बनेको बिधेयक पनि स्विकृत गरेको चौधरीले बताए ।

प्रदेश ५ सरकार मन्त्रिपरिषदले उद्योग, बन, वाताबरण तथा पर्यटन मन्त्रालय मातहतका निकायबाट प्रदान गरिने सेवामा लाग्ने दस्तुर, कर तथा शुल्कको मुल्य निर्धारणलाई समेत स्विकृती प्रदान गरिएको मन्त्री चौधरीले बताए । चौधरीका अनुसार मन्त्रिपरिषदले कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयको सुलभ कर्जा सहजिकरण तथा ब्याजमा अनुदान दिन तयार भएको कार्यबिधि तथा सहकारी कोष संचालन कार्यबिधिलाई पनि बैठकले स्विकृति प्रदान गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  १ : ५३ बजे

प्रतिनिधसभा : भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पछिल्ला समयमा भीषण पानी, हावाहुरी

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा श्रीकृष्ण गिरी नियुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा पूजा-अर्चना, चन्द्रागिरिको सौन्दर्यको प्रशंसा

काठमाडौं। दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य श्री

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु

प्रतिनिधिसभा बैठक : दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला