१० जेष्ठ २०८३, आइतबार | May 24, 2026

आफ्नो निर्वाचन क्षेत्रको विकास आयोजना बुझ्न सभामुख घिमिरे झापामा



बिर्तामोड । सभामुख देवराज घिमिरे संसद् स्थगित भएको समयमा आफ्नो निर्वाचन क्षेत्रका विकास आयोजनाका अवस्था बुझ्न सोमबार झापा पुगेका छन ।

झापा क्षेत्र नम्बर २ बाट निर्वाचित घिमिरेले तीन दिन बिर्तामोड मै रहेर क्षेत्रमा सञ्चालित विकास आयोजनाको अवलोकन निरीक्षण, निर्वाचन क्षेत्रका जनतासँग अन्तर्क्रिया, छलफल कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

सभामुखको सचिवालयका अनुसार उनले मुक्तिचोक शनिश्चरे जयपुर सडक अवलोकन, भूमिहीनसँग छलफल, बिर्ता भद्रपुर सडक, बिरिङ प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ ।

सभामुख घिमिरेले आफ्नो झापा बसाइ पूर्णरुपमा विकास काममा केन्द्रित हुने बताएका छन । ‘यसपटक विकास आयोजनाको निरीक्षण र कतिपय आयोजना सञ्चालन गर्न काठमाडौंमा गरेका छलफलको फलोअप गर्न आएको छु,’ उनले भने, ‘निर्वाचन क्षेत्रका आयोजनामा मेरो निरन्तर निगरानी रहन्छ ।’

विगतमा झापा क्षेत्र नम्बर २ मा उल्लेख्य योजनाहरु आएको बताउँदै सभामुख घिमिरेले क्षेत्रभित्रका सबै स्थानीय तहका जनप्रतिनिधिसँग अलग अलग छलफल गर्ने जानकारी दिए ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ९ : ३४ बजे

पोखराको फिर्केखोलाको खोलाघरमा बनेको संरचना आजदेखी हटाउदै महानगरपालिका

कास्की । पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र

बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

पाँचथर । अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा याङवरक गाउँपालिका-१

ह्वाइट हाउस नजिक गोली चल्दा उच्च सतर्कता, ट्रम्प सुरक्षित

काठमाडौं । अमेरिकाको वासिङ्टन डीसीस्थित ह्वाइट हाउस नजिक गोली चलेपछि

आजको मौसम : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा

८ बुँदै घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको १५ औं साधारण सभा सम्पन्न

नेपालगन्ज । ८ बुँदै घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ