८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

नेदरल्याण्डमा गोली चल्दा तीनको मृत्यु, प्रधानमन्त्रीद्धारा दुःख व्यक्त



नेदरल्याण्ड । पछिल्लो समय युरोपमा गोली प्रहार र छुरा प्रहारका घटना बढेका छन् । युरोपको नेदरल्यान्ड्समा गोली चल्दा तीन जनाको ज्यान गएको छ ।

आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यद्यपी गोली चलाउनुको कारण खुल्न सकेको छैन । न्युजील्याण्डका प्रधानमन्त्रीले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् । घटना नेदरल्याण्डको रोटरडममा भएको हो ।

नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटेले गोलीबारीप्रति निराशा व्यक्त गरेका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘गोलीबारीमा मारिएकाहरुप्रति मेरो समवेदना, पीडित कार्यस्थलका सहकर्मीहरूलाई उनीहरूको सहयोगको लागि धेरै धेरै धन्यवाद ।’

सञ्चारमाध्यमका अनुसार राजधानी एम्स्टर्डमबाट ८० किलोमिटर टाढा रहेको रोटरडमको एउटा फ्ल्याटमा बन्दुकधारीले गोली चलाएका थिए । त्यसपछि उनी नजिकैको स्वास्थ्य केन्द्रमा पुगे । प्रहरीका अनुसार दुवै ठाउँमा आगो लागेको थियो, जुन पछि निभाइएको थियो । प्रहरीका अनुसार अभियुक्त एउटै व्यक्ति रहेको प्रारम्भिक रुपमा खुल्न आएको छ ।

अभियुक्त अस्पताल भित्र पस्नेबित्तिकै हताहट मच्चियो, बिरामी र डाक्टरहरु भागे । सीसीटीभी क्यामेरा र प्रत्यक्षदर्शीका अनुसार अभियुक्त ३२ वर्षका छन्, जसले सेनाले लगाउने जस्तो लुगा लगाएका थिए । कालो कपाल भएको युवक उग्र देखिन्थे । उनको उचाइ निकै अग्लो थियो । बन्दुकसँगै झोला पनि थियो ।

समाचार अनुसार एक मेडिकल विद्यार्थीले चौथो तल्लामा गोली चलिरहेको बताए । अभियुक्तले चारदेखि पाँच पटक गोली हानेका थिए । त्यहाँ निकै आतंक मच्चिएको एक प्रत्यक्षदर्शीले बताए । नाराबाजी थियो । गोलीको आवाज आइरहेको थियो । निकै डरको अवस्था थियो । मृतक र घाइतेका परिवारलाई जानकारी गराइएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ । अभियुक्त पक्राउ परेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ८ : २५ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी