५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

बाँकेको जयन्दु बाल सुधारगृहबाट फरार ४ बालबन्दी मध्य एक जना दैलेखबाट पक्राउ



नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधारगृहबाट तोडफोड मच्चाएर फरार भएका ४ बालबन्दी मध्य एक जना बाल बन्दी समातिएका छन् ।

गत असोज ४ गते राती १० बजे बाल सुधारगृहमा रहेका बालबन्दीका बिचमा आपसमा झडप हुँदा भागेर फरार रहेका चार जनामध्ये एक जना बालबन्दी दैलेखबाट पक्राउ परेका हुन् । खोजतलासका लागि खटिएको प्रहरी टोलीले दैलेख प्रहरीको समन्वयमा महाबु गाउँपालिकाबाट पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।

दैलेखको महाबु गाउँपालिकाका स्थानीय ती बालबन्दीलाई उनको घर नजिकको जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको डाँगीले बताए । प्रहरीले बिहीबार दैलेखमा पक्राउ परेका उनलाई नेपालगन्ज ल्याइसकेको जनाएको छ ।

बाल सुधारगृहबाट भागेका अन्य तीन जना अझै भेटिएका छैनन् । उनीहरूलाई खोज्न प्रहरीले टोली परिचालन गरिएको डिएसपी डाँगीले बताए ।

२ सय ५४ जना बाल बन्दी रहेको सुधारगृहमा भएको झडपमा परि रुपन्देही कन्चन गाँउपालिकाका एक जना बालबन्दीको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । बाल सुधारगृहमा भएको झडपमा अगुवाइ गरेका ६४ जनालाई अल्पकालका लागि बिभिन्न प्रहरी युनिटहरुमा राखिएको छ । कानुन बमोजिम बालसुधार गृहमै राख्न बाध्यात्मक अवस्था रहेकाले लामो समय प्रहरी युनिटमा राख्न नसकिने डाँगीले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १२ : १६ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया