विरगंज । राप्रपा नेपालले आज पर्साको विरगंजमा सभा गर्ने भएको छ । घण्टाघर नजिकको खुल्ला स्थानमा आयोजना गरिने सभाको सम्पुर्ण तयारी सकिएको पार्टीका वरिष्ठ उपाध्यक्ष राजिव पराजुलीले जानकारी दिए ।
पूर्वमन्त्री समेत रहेका पराजुलीका अनुसार यो सभा काठमाडौंको विरोध प्रदर्शनको निरन्तरता हो । ‘हामी भ्रष्ट ब्यबस्थाको अन्त्यको लागि देशका विभिन्न भागहरुमा यसैगरी बिरोध प्रदर्शन र सभाहरु गर्दै आन्दोलनको वाताारण तयार गर्नेछौ, अब राप्रपा नेपाल सडक केन्द्रीत गतिविधिमा क्रियाशिल हुन्छ ।’
राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश सिंहले सभामा उल्लेख्य जनसहभागिता गराउन व्यापक जनपरिचालन गरिएको बताए । सभालाई पार्टी अध्यक्ष कमल थापा, नेताहरु राजिव पराजुली, तारानाथ लुईटेल, वरिष्ठ अधिवक्ता बिष्णु भट्टराई, राजाराम बर्तौला लगायत नेताहरुले सम्बोधन गर्ने पार्टीले जनाएको छ ।



















प्रतिक्रिया