१० श्रावण २०८३, आइतबार | July 26, 2026

राप्रपा नेपालले आज विरगंजमा सभा गर्दै



विरगंज । राप्रपा नेपालले आज पर्साको विरगंजमा सभा गर्ने भएको छ । घण्टाघर नजिकको खुल्ला स्थानमा आयोजना गरिने सभाको सम्पुर्ण तयारी सकिएको पार्टीका वरिष्ठ उपाध्यक्ष राजिव पराजुलीले जानकारी दिए ।

पूर्वमन्त्री समेत रहेका पराजुलीका अनुसार यो सभा काठमाडौंको विरोध प्रदर्शनको निरन्तरता हो । ‘हामी भ्रष्ट ब्यबस्थाको अन्त्यको लागि देशका विभिन्न भागहरुमा यसैगरी बिरोध प्रदर्शन र सभाहरु गर्दै आन्दोलनको वाताारण तयार गर्नेछौ, अब राप्रपा नेपाल सडक केन्द्रीत गतिविधिमा क्रियाशिल हुन्छ ।’

राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश सिंहले सभामा उल्लेख्य जनसहभागिता गराउन व्यापक जनपरिचालन गरिएको बताए । सभालाई पार्टी अध्यक्ष  कमल थापा, नेताहरु राजिव पराजुली, तारानाथ लुईटेल, वरिष्ठ अधिवक्ता बिष्णु भट्टराई, राजाराम बर्तौला लगायत नेताहरुले सम्बोधन गर्ने पार्टीले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ७ : ५६ बजे

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

काठमाडौं । लमजुङ जिल्ला प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका-४, दुर्दीपुलस्थित बौद्धा

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक

कर्णालीमा नेकपाको नेतृत्वमा सरकार गठन हुने

सुर्खेत । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित

काठमाडौं । बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी