८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन गरिने



काठमाडौं । सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलपछि उक्त निर्णय गरिएको छलफलमा सहभागी एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।
“मन्त्रिपरिषदको बैठकले उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा आजै तीन सदस्यीय छानबिन आयोग गठन गर्ने र उक्त निर्णय आजै बस्ने प्रतिनिधिसभाको बैठकमा जानकारी गराउने सहमति भएको छ”, सचेतक बर्तौलाले भने ।
सुन तस्करी प्रकरणका सम्बन्धमा एमालेलगायतका दलले उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएकोमा गत भदौ ६ गते सरकार र राजनीतिक दलबीच असोज ५ सम्म उच्चस्तरीय छानबिन आयोग गठन गर्ने र सोही दिनदेखि आयोगले काम गर्ने सहमति भएको थियो । आयोगलाई छानबिनका लागि तीन महिनाको समय दिइनेछ ।
प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आयोग गठनको निर्णयबारे सदनलाई जानकारी गराउनेछन् ।
यसअघि आज विहान प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो । उक्त छलफलपछि प्रधानमन्त्री दाहालले सत्तारुढ दलसँग पनि सो विषयमा छलफल गर्नुभएको थियो । आजको छलफलमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीबाहेकको उपस्थिति थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १ : १६ बजे

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज,

नेपालगञ्जको वेस्टर्न मार्टमा आगलागी

बाँके । नेपालगञ्जस्थित सुर्खेत रोडमा रहेको वेस्टर्न मार्टमा आगलागी भएको

एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा एक पक्राउ

काठमाडौं । नेकपा (एमाले)को चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा फागुन २२ गते साधारण तारिख

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले यही फागुन

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक : कावा आयुक्त भण्डारी

मोरङ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा