काठमाडौं । सरकारले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।
आज सबै अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा ४ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो । आचार्य उच्चअदालत पोखराका पूर्वमुख्य न्यायाधीश हुन् । आयोगको सदस्यहरुमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य रहेको सरकारको प्रवक्ता संचारमन्त्री रेखा शर्माले जानकारी दिइन ।
आयोग गठनका विषयमा आजै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।
३ महिनाको कार्यसमय पाएको आयोगले सुन तस्करी रोक्ने उपाय, संलग्नहरुमाथि कारबाहीको सिफारिस गर्न पाउने छ ।
* डिल्लीराम आचार्य हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाएका छौं



















प्रतिक्रिया