४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवलको मिलनचोकमा रहेको नेपाली जुत्ता घर र नेपाली लुगाघरमा चाडर्पव लक्षित छुट योजना सुरु



बुटवल । बुटवलको मिलनचोक स्थित डेल्टा कम्प्लेक्समा रहेको नेपाली जुत्ता घर र नेपाली लुगाघरमा चाडर्पव लक्षित छुट योजना ल्याएको छ । गत बैशाख १ गतेदेखि सञ्चालन भएको नेपाली जुत्ता घर तथा यही आश्विन ३ गतेदेखि नेपाली लुगा घर सञ्चालनमा आएका हुन् ।

नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा आम उपभोक्तालाई लक्षित गरि नेपाली जुत्ताघरले आश्विन १७ गतेदेखि कार्तिक ४ गतेसम्म १० प्रतिशत देखि ५० प्रतिशतसम्म नगद छुट प्रदान गर्नुको साथै प्रथम खरिद गर्ने २ हजार जना ग्राहकलाई कम्तीमा ५०० सयको जुत्ताचप्पल वा लुगा घरको कपडा खरिदमा एक जोर चप्पल निःशुल्क उपहार दिने भएको छ । नेपाली लुगाघरले पनि १० प्रतिशतको छुट राखेको छ ।

दशैं तिहार विशेष छुट योजना बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपाली जुत्ताघरका सञ्चालक रुद्र प्रसाद न्यौपानेले स्वदेशी उत्पादन र ब्राण्ड नेपाली जनताको घर घरमा उपभोग होस भन्ने हेतुको साथ यो अभियानको थालनी गरिएको बताए । नेपाली जुत्ता घरमा शिखर सुज, बिएफ डियर हिल, रन सुज, सुल्याण्ड, ब्लाक हर्स, टुरिष्ट, क्रसरोड, फस्टवाक, स्मार्टस् गरी ९ वटा ब्राण्ड रहेका छन् भने नेपाली लुगाघर अन्तर्गत फ्रिडम, भर्जिनस्, याक एण्ड न्याक, गोफि, ट्याग र केके गरी ६ वटा ब्राण्ड रहेका छन् । नेपाली लुगा घरका सञ्चालक प्रकाश भुषालले देशकै प्रतिष्ठित नेपाली ब्रान्डका जुत्ता, कपडा विक्रि स्थलको रुपमा डेल्टा मार्टलाई चिनाउने गरी योजना बनाईएको जानकारी दिए ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ६ : ३७ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा