१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

बुटवलको मिलनचोकमा रहेको नेपाली जुत्ता घर र नेपाली लुगाघरमा चाडर्पव लक्षित छुट योजना सुरु



बुटवल । बुटवलको मिलनचोक स्थित डेल्टा कम्प्लेक्समा रहेको नेपाली जुत्ता घर र नेपाली लुगाघरमा चाडर्पव लक्षित छुट योजना ल्याएको छ । गत बैशाख १ गतेदेखि सञ्चालन भएको नेपाली जुत्ता घर तथा यही आश्विन ३ गतेदेखि नेपाली लुगा घर सञ्चालनमा आएका हुन् ।

नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा आम उपभोक्तालाई लक्षित गरि नेपाली जुत्ताघरले आश्विन १७ गतेदेखि कार्तिक ४ गतेसम्म १० प्रतिशत देखि ५० प्रतिशतसम्म नगद छुट प्रदान गर्नुको साथै प्रथम खरिद गर्ने २ हजार जना ग्राहकलाई कम्तीमा ५०० सयको जुत्ताचप्पल वा लुगा घरको कपडा खरिदमा एक जोर चप्पल निःशुल्क उपहार दिने भएको छ । नेपाली लुगाघरले पनि १० प्रतिशतको छुट राखेको छ ।

दशैं तिहार विशेष छुट योजना बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपाली जुत्ताघरका सञ्चालक रुद्र प्रसाद न्यौपानेले स्वदेशी उत्पादन र ब्राण्ड नेपाली जनताको घर घरमा उपभोग होस भन्ने हेतुको साथ यो अभियानको थालनी गरिएको बताए । नेपाली जुत्ता घरमा शिखर सुज, बिएफ डियर हिल, रन सुज, सुल्याण्ड, ब्लाक हर्स, टुरिष्ट, क्रसरोड, फस्टवाक, स्मार्टस् गरी ९ वटा ब्राण्ड रहेका छन् भने नेपाली लुगाघर अन्तर्गत फ्रिडम, भर्जिनस्, याक एण्ड न्याक, गोफि, ट्याग र केके गरी ६ वटा ब्राण्ड रहेका छन् । नेपाली लुगा घरका सञ्चालक प्रकाश भुषालले देशकै प्रतिष्ठित नेपाली ब्रान्डका जुत्ता, कपडा विक्रि स्थलको रुपमा डेल्टा मार्टलाई चिनाउने गरी योजना बनाईएको जानकारी दिए ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ६ : ३७ बजे

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,

सरकार संघीयताप्रति प्रतिबद्ध छ, हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा छैनौँ : प्रधानमन्त्री बालेन्द्र

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघीयताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बस्ने