१३ पुस २०८२, आइतबार | December 28, 2025

प्रधानमन्त्रीको चीन भ्रमणप्रति योगेशको टिप्पणी – तीर्थाटन र छुट्टी राम्रो गरी मनाउनुभयो



काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका क्रममा दुई देशका बीचमा उच्चस्तरीय विश्वासको वातावरण बनाउन नसकेको टिप्पणी गरेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव भट्टराईले भ्रमणका क्रममा ताइवान र तिब्बतको मुद्दामा चीनलाई विश्वस्त पार्न नसकिएको बताए।

‘प्रधानमन्त्रीको चीन भ्रमणमा जे कुरामा हाम्रो सहमति हुनुपर्थ्यो, जुन मुद्दामा बहस हुनुपर्थ्यो त्यो भएन। सामान्य खुद्रा, मसिना कुराहरू भए’, उनले भने।

भट्टराईले प्रधानमन्त्रीको भ्रमणलाई तीर्थाटनको संज्ञा दिएका छन्। उनले भने, ‘प्रधानमन्त्रीले तीर्थाटन पनि गर्नुभयो। छुट्टी पनि राम्रै मनाउनु भयो। तर मुख्यतयाः चीनसँग हाम्रो बीआरआईका सम्बन्धमा भएका सम्झौताहरूको कार्यान्वयन हो। त्यो चाहिँ देखिने गरी केही पनि भएन।’

उनले बीआरआई परियोजना चीनसँग नेपालको मुख्य एजेण्डा भए पनि सो एजेन्डामा प्रवेश नै नभएको बताए।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ८ : २९ बजे

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

काठमाडौं । “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको

ठमेलको क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी,