३ जेष्ठ २०८१, बिहिबार | May 17, 2024

हिजाब नलगाएको भन्दै कुटपिटमा परेकी किशोरी कोमामा पुगे पछि इरान सरकार त्रसित



तेहरान । इरानमा हिजाबको बिबाद फेरि बाहिर आएको छ । तेहरानको मेट्रो स्टेशन नजिकै हिजाब नलगाएको भन्दै १६ वर्षीया युवतीलाई नैतिक प्रहरीले कुटपिट गरे पछि उनी बेहोस भएकी छिन् ।

इरानी मिडियाका अनुसार प्रहरी कुटपीटमा परेकी ती बालिका कोमामा गएकी छिन् । हाल उनको कडा सुरक्षाबीच अस्पतालमा उपचार भइरहेको छ ।

यो घटनापछि इरानमा फेरी एकपटक त्यहाँका मानिसहरूले हिजाबलाई लिएर आवाज उठाउन थालेका छन् ।

कुर्द–केन्द्रित अधिकार समूह हेन्गोले यस घटनाको बारेमा बालिकाको नाम अर्मिता गरवन्द भएको जानकारी दिएको छ । तेहरान मेट्रो नजिकै महिला प्रहरी अधिकारीहरूसँग उनको विवाद भएको थियो । सो क्रममा प्रहरीले उनलाई नराम्ररी कुटपिट गर्दा उनी घाइते भएकी थिइन् । अस्पताल पुग्दासम्म उनी कोमामा गएकी थिइन् ।

तर, इरानी प्रहरी अधिकारीहरूले यी आरोपहरू गलत भएको बताएका छन्। कम रक्तचापका कारण बालिका बेहोस भएको र उनलाइ उपचारका लागि प्रहरीले लगेको दावी गरेको छ ।

अधिकार समुह हेङ्गोले भने तेहरानको शोहदा मेट्रो स्टेशनमा तथाकथित नैतिक प्रहरीका एजेन्टहरूले समातेर र शारीरिक रूपमा कुटपिट गरेपछि गर्भान्डलाई गम्भीर चोट लागेको हो । उसका अनुसार उच्च प्रहरी अधिकारीहरू कम रक्तचापका कारण उनी बेहोस भएको भन्ने बयान झुटो हो ।

जनताको आक्रोश देखेर स्थानीय प्रहरी भने निकै सतर्क अवस्थामा रहेको छ । बालिकाको तेहरानको फजर अस्पतालमा कडा सुरक्षामा उपचार भइरहेको र अहिले पीडितलाई भेट्न कसैलाई अनुमति दिइएको छैन । कतिसम्म भने किशोरीको परिवारका अरू सदस्यलाइ पनि भेटघाटमा रोक लगाइएको छ ।

हिजाब नलगाएको कारण पक्राउ परी एक बर्ष अघि हिरासतमा मृत्यु भएकी महसा अमिनीको मामला पछि इरानी सरकार बिरूद्द कुन स्तरसम्म विरोध प्रदर्शन भएको थियो रु त्यो इरानी सरकारले राम्रोसँग देखेको छ । महसा अमिनीको मृत्यु भएको एक वर्ष पछि फेरी अर्की बालिका कोमामा पुगे पछि इरानी सरकार यसमा निकै गम्भिर भएको देखिएको छ ।  किनभने अमिनीको हिरासतमा मृत्यु भए पछि केही महिनासम्म चलेको हिंसात्मक प्रदर्शनमा सयौं मानिस मारिएका थिए भने हजारौं पक्राउ परेका थिए ।

धेरै संघर्ष पछि इरानी सरकारले यी प्रदर्शनहरूलाई नियन्त्रणमा लिन सफल भएको थियो, त्यो अवस्था नआओस भनेर उ निकै सतर्क रहेको छ । त्यसैले अहिले बालिका माथी कुटपिट भएको  बिषय जिम्मा नलिइरहेको इरानी मिडियाले जनाएका छन ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  १० : ०७ बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका