२३ भदौ २०८३, मंगलबार | September 8, 2026

नेपालगन्जमा दिनभरी निषेधाज्ञा रातभरी कर्फ्यु



नेपालगन्ज । सामाजिक संजालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादलाई मत्थर बनाउन भन्दै नेपालगन्जमा लाग्दै आएको कर्फ्यु र निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगिएको छ । बाँके जिल्ला प्रशासन कार्यालयले १८ गतेको आदेशलाई निरन्तरता दिँदै आज दिनभरिका लागि पनि नेपालगन्जको तोकिएको क्षेत्र भित्र निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयबाट उपमहानगरपालिका क्षेत्र भित्र (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँगा चोक र दक्षिणमा जमुनाहा सीमा नाका) चार किल्ला तोकि कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामाग्री टाँस्न वा लेख्न नपाईने गरी तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले आज एक सूचना जारी गर्दै आज राती ८ बजेबाट भोली बिहान ६ बजे सम्म भने पूर्ववत कर्फ्यू आदेश जारी गरिएको जनाएका छन् ।

जिल्लामा समय शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पतिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न एवं मानव अधिकारको सम्मान गर्न सबैमा जिल्ला प्रशासनले आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ७ : ४० बजे

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी

पहिरोमा छात्र पुनको मृत्यु

तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी