२३ भदौ २०८३, मंगलबार | September 8, 2026

सामाजिक सञ्जालबाट नेपालगन्जमा सदभाव भड्काउन खोज्ने ६ जना भारतीय प्रहरीद्वारा पक्राउ



नेपालगन्ज । सामाजिक सञ्जालको स्टाटस र कमेन्टका कारण नेपालगन्जमा दुईपक्षबीच विवाद उत्पन्न भएर कर्फ्यु लगाउने अवस्था आएका बेला सीमा पारीको भारतीय प्रहरीले नेपालगन्जको धार्मिक सद्भावमाथि खलल पुर्‍याउने कार्य गरेको भन्दै ६ जनालाई पक्राउ गरेको छ। नेपालगन्जको धार्मिक सद्भाव बिथोल्ने मनसायले सामाजिक सञ्जालमार्फत उनीहरूले म्यासेज र भिडियो प्रवाह गरेको भन्दै भारतीय प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

नेपालगन्ज्मा भएको दङ्गामा भारतीय घुसपैठ भएको चर्चा चलेकै बेला भारतीय प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । रूपैडियास्थित भारतीय प्रहरीका अनुसार शुक्रबार एकजना, बिहीबार चारजना र बुधबार एकजनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा इकराम खाँ, जमील कुरैसी, इकबाल कुरैसी, मोहम्मद सोफियान, लम्बुनिवासी र सोनुनिवासी रहेको आदर्श थाना रूपैडियाका प्रहरी अधिकारी वरदान सेनाले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई थाना रूपैडिया बहराइचको धारा १५१, १०७ र ११६ सिआरपिसीअन्तर्गत पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ। पक्राउ गरिएकाहरूलाई धार्मिक उन्माद फैलाउन आइटी गतिविधिसम्बन्धी मुद्दा चलाइने पनि प्रहरी अधिकारी वरदानले बताए ।

भारतीय प्रहरीले जारी गरेको प्रेस नोटका अनुसार रूपैडिया र बाबागन्जमा सुरक्षा निकायको सामाजिक सञ्जालमाथि लगातार सतर्क दृष्टि रहेको र यदि कसैले धार्मिक सौहार्द वा शान्ति भंग गर्छ भने उसलाई पक्राउ गरी जेलमा राखिने जनाइएको छ ।

भारतीय प्रहरीले नेपालगन्जको सदभावमा खलल पार्ने ६ जना पक्राउ गरेको भन्ने खबर आफुलेपनि सुनेको बाँके प्रहरी प्रमुख सन्तोषसिंह राठौरले बताए । उनले आधिकारीक सूचना नपाएपनि पक्राउ परेको भन्ने हल्ला आफुले सुनेको बताए । ‘भारतीय प्रहरीले आधिकारीक सूचना दिएका छैनन्, सुरक्षा संवेदशीलताका कारण सम्पर्क गर्न पनि सकिएको छैन,’ उनले भने, ‘बुझेर मात्र के हो, भन्न सकिन्छ ।’

यता नेपालगन्जमा लागेको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै प्रहरीले शुक्रबार चारजनालाई पक्राउ गरेको थियो । शुक्रबार बिपी चोकबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। गत १६ गते भएको ढुँगामुढाबाट घाइते भएकाहरु मध्य मेडिकल कलेज नसिंङ होम उपचार गर्न गएका अधिकांस भारतीय नागरिक रहेको नर्सिंङ होम स्रोतले जनाएको थियो ।

फोटो : सामाजिक सञ्जाल

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  १० : ३४ बजे

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी

पहिरोमा छात्र पुनको मृत्यु

तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी