काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।
संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राइले विद्यालय शिक्षा विधेयक २०८० माथी विचार गरियोस भन्ने प्रस्ताव माथी उठेका प्रश्नहरूको जवाफ दिनेछन ।
साथै, सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक २०८० माथी विचार गरियोस भन्ने प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्नेछन् ।
सोही बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० माथी विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।




















प्रतिक्रिया