९ श्रावण २०८३, शनिबार | July 25, 2026

एअर इन्डियाकाे इजरायल जाने सबै उडान १४ अक्टुबरसम्म रद्द



नयाँदिल्ली । पश्चिम एसिया फेरि युद्धको चपेटामा परेको छ ।

हमासले शनिबार बिहान देखी इजरायलमा आक्रमण गरेपछि विश्वमा नयाँ युद्ध सुरु भएको छ, जसको प्रभाव चारैतिर देखिन थालेको छ ।

पछिल्लो संकटलाई ध्यानमा राख्दै एयर इन्डियाले इजरायलको राजधानी तेल अवीवका लागि अक्टोबर १४ सम्मका लागि सबै उडान रद्द गरेको छ ।

एयर इन्डियाका प्रवक्ताले आइतवार साँझ भने कि एयरलाइनले तेल अवीव जाने सबै उडानहरू अक्टोबर १४ सम्म रद्द गर्ने निर्णय गरेको छ । कम्पनीले आफ्ना चालक दलका सदस्य र सबै यात्रुको सुरक्षालाई ध्यानमा राखेर यो निर्णय गरेको प्रवक्ताले बताएका छन् । उनले अक्टुबर १४ सम्म कन्फर्म टिकट भएका यात्रुलाई कम्पनीले सक्दो सहयोग गर्ने बताएको छ ।

टाटा समूहको एयरलाइन्स एयर इन्डियाले तेल अवीव र नयाँ दिल्ली बीच साप्ताहिक रूपमा पाँच उडानहरू सञ्चालन गर्दछ । यी उडानहरू सोमबार, मंगलबार, बिहीबार, शनिबार र आइतबार हुदैँ आएका छन् । पछिल्लो घोषणा अघि कम्पनीले हिजो शनिबार पहिलो पटक उडान रद्द भएको जानकारी दिएको थियो । तर, शनिबार ७ अक्टोबरको उडानबारे एक दिनको अपडेट मात्र दिइएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ७ : ३४ बजे

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको

एमाले र नेकपाबीच ३ बुँदे सहमति : कोशी, बागमती र लुम्बिनी एमालेलाई, कर्णाली र सुदुरपश्चिम नेकपालाई

काठमाडौं । राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा