२१ भदौ २०८३, आइतबार | September 7, 2026

एमालेको मधेश प्रदेशमा नेतृत्वका लागि चार आकांक्षी



धनुषा । नेकपा (एमाले)को प्रथम मधेश प्रदेश अधिवेशन बुधबारदेखि जनकपुरधाममा सुरु भएको छ । उक्त प्रदेशमा सर्लाहीका राजनारायण साह, सिरहाका चन्देश्वर मण्डल, बिचारी यादव तथा धनुषाका राजकिशोर यादवले अध्यक्ष पदमा आकांक्षा देखाएका छन् ।

वर्तमान प्रदेश अध्यक्ष रामअवतार यादव सिराहा, सुखीपुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएकाले उनी अध्यक्षमा दोहोरिन नपाउने पार्टीको निर्णयअनुसार अन्य नेता प्रतिस्पर्धामा उत्रिएका हुन् ।

उद्घाटनसत्र पश्चात् बन्द सत्रमा प्रदेशको नेतृत्व सर्वसहमत चयन गर्ने प्रयास भइरहेको पार्टीका केन्द्रीय सचिव तथा मधेस इन्चार्ज योगेश भट्टराईले जानकारी दिए ।

त्यसैगरी सचिवका लागि सोमप्रसाद शर्मा, लक्ष्मीनारायण यादव र आरती भण्डारी आकांक्षी छन् । प्रचार विभाग प्रमुख सोमप्रसाद शर्माका अनुसार गएराति अबेरसम्म सहमतिमा नै नेतृत्व चयन गर्न छलफल भएको र अहिले बिहान पुनः ७ बजेदेखि छलफल भइरहेको छ । उनले छलफलमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, मधेश इन्चार्ज योगेश भटृराई, कोसी इन्चार्ज रघुवीर महासेठ, धनुषा इन्चार्ज लीलानाथ श्रेष्ठ, महोत्तरी इन्चार्ज जुलीकुमारी महतोलगायत पोलिटब्यूरो सदस्य छलफलमा सहभागी हुनुभएको राससलाई बताए। प्रचार विभाग प्रमुख शर्माले अन्तिम समयसम्म सहमतिकै लागि पहल हुने बताए

सचिव भट्टराईले मधेस प्रदेशको नेतृत्वका लागि चार नेता अकांक्षी देखिए पनि सर्वसम्मत नेतृत्व चयन गराउने प्रयासमा भइरहेको र पार्टीमा तलदेखि माथिसम्म सबै एक ढिक्का रहेको सन्देश दिने उद्देश्यका साथ सर्वसम्मत गराउने प्रयास भइरहेको उनले बताए ।

सचिव भटृराईले सहमति नभए लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचन हुने जानकारी दिए । जनकपुरधाम तिरुहतिया गाछीस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्र भवनमा भइरहेको प्रथम अधिवेशनबाट पाँच पदाधिकारीसहित दुई सय ३५ जना निर्वाचित हुने छन् । प्रदेश कमिटिमा एक तिहाइ महिला अनिवार्य गरिएकामा दलित, महिला, मुस्लिम, मजदुर, जनजाती र खुल्ला भूगोलबाट प्रतिनिधित्व गरिने भएकोे छ ।

उत्तm प्रदेशको आठ जिल्लामा चार÷चारवटा निर्वाचन क्षेत्रबाट २० सदस्य र सङ्गठनको आधारमा पाँचदेखि १० जना थप गरी अधिवेशनका लागि खुल्ला तथा विभिन्न क्लस्टरबाट एक हजार २७ प्रतिनिधि छनोट गरिएको छ । उक्त अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार शुभारम्भ गरेका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  १ : १० बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त