१३ पुस २०८२, आइतबार | December 29, 2025

सहयात्रीमा नै शान्ति प्रक्रियाबारे नकारात्मक प्रवृत्ति देखियो : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौताका सहयात्रीमा नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखापरेको बताएका छन् ।

द्वन्द्व पीडित परिवारका आफन्त तथा परिवारले ‘सङ्क्रमणकालीन न्याय प्रक्रियामा पीडित केन्द्रित दृष्टिकोण र समाधानको बाटो’ विषयक राष्ट्रिय परामर्श भेला गरी निकालेको निष्कर्ष पत्र प्रधानमन्त्री निवास बालुवाटारमा आज बुझ्दै प्रधानमन्त्री प्रचण्डले भने, “शान्ति प्रक्रिया टुङ्ग्याउने विषयलाई पेचिलो बनाउने तथा प्रक्रियालाई टुङ्गोमा पु¥याउन सकस पैदा गर्ने कोसिस भइरहेको छ । शान्ति सम्झौताका सहयात्रीमा नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा परेको छ ।”

प्रधानमन्त्री प्रचण्डले विभिन्न चुनौतिबीच आफुले माओवादी जनयुद्धमा संलग्न र द्वन्द्वबाट पीडित भएका सबैका समस्या समाधन र उनीहरूका पिडा पक्ष विपक्ष नभनेर समाधानको प्रयास गरिराखेको उल्लेख गरे । द्वन्द्व पीडित प्रहरीका परिवारलाई समेत आफुले भेटेको उनको भनाइ थियो ।

पछिल्लो पटक आफु संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा नेपालले भोगिरहेको समस्या र नेपालको शान्ति प्रक्रियाबारे विश्वको ध्यान आकर्षण हुने गरी महासभामा विषयको उठान गरेको प्रधानमन्त्री प्रचण्डले बताए । उनले भने, “मैले नेपालको शान्ति प्रक्रिया मौलिक भएको र यसबाट विश्वले सिक्न सक्ने भन्दै महासभामा सम्बोधन गर्दा अन्तर्राष्ट्रियरूपमा नै तरङ्ग फैलिएको छ, महासभामा नेपालको शान्ति प्रक्रियालाई गम्भीर रुपले बलियोसँग राखिएको छ । यसले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण मात्रै गरेको नभई बधाई र धन्यवाद दिनेको ताती नै लागेको थियो ।”

आफूले महासभामा नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया टुङ्गो लगाउँदा त्यसले अन्तर्राष्ट्रिय जगतमा एउटा नयाँ उदाहरण प्रस्तुत गर्ने भएकाले सबैले नेपालको शान्ति प्रक्रिया टुङ्ग्गोमा पु¥याउन मद्दत गर्नुपर्ने धारणा राखेको प्रधानमन्त्री प्रचण्डले बताए । संयुक्त राष्ट्रसङ्घको महासभामा आफूले महासचिव एन्टोनियो गुटेरेसलाई नेपालले जलवायु परिर्वतका कारण भोगेको समस्या र नेपालको शान्ति प्रक्रियाका साथै पीडितको कुरा सुन्न नेपाल भ्रमणको निमन्त्रणा दिएको उनले बताए ।

महासचिव गुटेरेससँग नेपालको शान्ति प्रक्रिया र चुनौती बारेमा छलफल गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले उनको नेपाल भ्रमणले न्याय प्रक्रियाको टुङ्गो लगाउन, नेपालको शान्ति प्रक्रिया नजिकबाट हेर्न, नेपालले भोगिराखेको वातावरणीय समस्या तथा यसको प्रभावबारे बुझ्न मद्दत पुग्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, “शान्ति प्रक्रियालाई राजनीतिक तहमा यसअघि भएका सहमति अनुसार टुङ्गोमा पु¥याउन निरन्तर छलफल गरिराखेको छु । राजनीति दलसँग टिआरसी विधेकमा सहमति जुटाएर एकमत कायम गर्न शान्ति प्रक्रियामा सहभागी सबै दल र अरूलाई पनि समेटेर लैजाने प्रयास गरिरहेको छु ।” शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउन माओवादी केन्द्र र सरकार जस्तो इमान्दार प्रतिपक्षी दल नभएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  १० : २३ बजे

निर्वाचन आचारसंहिता २०८२ स्वीकृत, माघको पहिलो साताबाट कार्यान्वयनमा आउने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ लाई स्वीकृत गरेको

जसपा र लोसपाबीच पार्टी एकताको समझदारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

एमाले सचिवालय बैठक : समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न फागुन २१

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

बिरामी भएर बिस्तरामा दिसापिसाव गरेको भन्दै भाई र बहिनीले गरे दाईको कुटीकुटी हत्या

बुटवल । बिरामी भएर बिस्तरामै दिसापिसाव गरेको भन्दै भाई र