९ श्रावण २०८३, शनिबार | July 25, 2026

गाँजास्थित अस्पतालमा आक्रमण, ५०० जनाको ज्यान गयो



काठमाडौं । इजरायल र हमास बीचको वर्तमान युद्धले दिन प्रतिदिन नयाँ आकार लिइरहेको छ। आज युद्ध १२ औं दिनमा प्रवेश गरेको छ । यस युद्धका कारण दुवै देशले धेरै नोक्सानी बेहोरेका छन् । पछिल्लो जानकारी अनुसार युद्धमा हालसम्म १४०० इजरायलीको मृत्यु भएको छ भने ४ हजार ३९९ घाइते भएका छन् ।

गाजाको अस्पतालमा भएको बम विस्फोटका कारण प्यालेस्टाइनमा मृत्यु हुनेको संख्या चिन्ताजनक रूपमा बढेको छ । जसका कारण गाजा पट्टीमा कुल ३५०० जनाको मृत्यु भएको छ भने १२ हजार घाइते भएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयले अल अहली ब्याप्टिस्ट अस्पतालमा कम्तीमा ५०० जनाको ज्यान गएको बताएको छ, जसमध्ये धेरै महिला र बालबालिका छन् । संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित शरणार्थीहरूको आवासीय विद्यालयमा पनि आक्रमण भएको थियो ।

गाजामा प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले टेलिग्राममा अरबी भाषामा पोष्ट गरेको विज्ञप्तिमा अल अहली ब्याप्टिस्ट अस्पतालमा भएको आक्रमणमा मारिने अधिकांश बालबालिका र महिला रहेको बताए । प्रवक्ताले पीडितको संख्या मेडिकल स्टाफ र एम्बुलेन्सको क्षमताभन्दा बाहिर रहेको बताए ।

यसैबीच, इजरायली सेनाले अल अहली ब्याप्टिस्ट अस्पतालमा भएको बम विष्फोटको पछाडि इस्लामिक जिहादको हात रहेको प्रमाणित गर्न भिडियो फुटेज जारी गर्ने दाबी गरेको छ ।

यसबाहेक इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाको अस्पतालमा भएको हमला आइडीएफले नभई आतंकवादीहरूले गरेको हो भन्ने कुरा सारा विश्वले जान्नुपर्दछ भन्ने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ८ : ०९ बजे

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको

एमाले र नेकपाबीच ३ बुँदे सहमति : कोशी, बागमती र लुम्बिनी एमालेलाई, कर्णाली र सुदुरपश्चिम नेकपालाई

काठमाडौं । राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक