२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ को बिन्दूमा कायम भएको हो ।

आज दुई सय ८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता शेयर ३१ हजार सात सय ८८ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने रू ९३ करोड ४८ लाख ९४ हजार दुई सय १८ मा खुम्चिएको छ । आज दुई सय दस कम्पनीको शेयर मूल्य बढ्दा १० कम्पनीको मात्रै घटेको छ ।

सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक दुई दशमलव ८७ र विकास बैंक समूहको उपसूचक दुई दशमलव ७४ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ६२ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको रू चार करोड ४६ लाख चार हजार नौ सय ३५ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने कुमारी बैंक लिमिटेड प्रमोटर शेयर तीन लाख दस हजार पाँच सय १५ कित्ता खरिद–बिक्री भएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ४ : ४० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले