२६ माघ २०८२, सोमबार | February 10, 2026

यूएईलाई हराउँदै त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालको विजयी शुरुवात



काठमाडौं । त्रिकोणात्मक टि २० आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपालले पाहुना टोली युएईलाई ७ विकेटले पराजित गरेको हो ।

युएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकिय पारी खेले । उनले ४० बलमा ५ चौकाको मद्धतमा ५१ रन बनाए । उनलाई राम्रो साथ दिएका दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाए ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १४ र २३ रनको योगदान गरे । कुशल मल्ल ९ रन बनाउँदै रनआउट हुन पुगे ।

युएईका लागि निलांस केसवानी र अली नसीरले समान एक/एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको युएईले २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको थियो ।

युएईका लागि कप्तान मोहम्मद वसीमले १७ रन बनाउँदा अलिशान शराफुले ६ रन जोडे । यस्तै, अली नसीरले ३२ रन, बासिल हमिदले ५१ रन, आसिफ खानले १५ रन बनाए । संचित शर्माले २ रन र निलांस केसवानीले ४ रन जोड्दा खालिद शाह र मोहम्मद फराजुद्दीन भने शुन्य रनमै आउट भए ।

नेपालका लागि करण केसीले तीन विकेट, गुलसन झाले दुई विकेट लिँदा सोमपाल कामी र अविनाश बोहराले एक-एक विकेट लिए ।

 

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ४ : ४९ बजे

मेडिकल अंकोलोजिष्ट र रेडियोलोजिष्ट छिट्टै पठाइने छ : स्वास्थ्यमन्त्री

खजुरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मेडिकल

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा

भेरी अस्पतालबारे स्वास्थ्यमन्त्री डा शर्माको चासो

नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले बाँकेमा आमा

संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान

सामाजिक सञ्जालको दुरुपयोग : अपराध अनुसन्धान र पत्रकारितामा चुनौती

काठमाडौँ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण प्रहरी