९ श्रावण २०८३, शनिबार | July 25, 2026

इजरायल-हमास युद्ध : ४ हजार ९ सय बढीकोे मृत्यु गाजा क्षेत्रबाट १० लाख बिस्थापित



तेलअहिब । इजरायल-हमास युद्धमा १२ औं दिनमा अहिलेसम्म जम्मा ४९७६ जनाको मृत्यु भएको छ । युद्धमा परि १७ हजार ७ सय ७५ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

हमासको आक्रमणबाट इजरायलमा कुल १४०२ जनाको मृत्यु भएको छ भने ४४७५ जना घाइते भएका छन्।

अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार उता गाजामा कुल ३ हजार ४८८ जनाको मृत्यु भएको छ । यस आक्रमणमा १२ हजारभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

सोही युद्धबाट वेस्ट बैंकमा ६५ जनाको मृत्यु भएको छ भने १३०० जना घाइते भएका छन्  भने लेबनानमा २१ जनाको मृत्यु भएको छ ।

गाजाबाट करिब १० लाख नागरिक बिस्थापित
संयुक्त राष्ट्र संघले गाजाबाट करिब १० लाख मानिस बिस्थापित भएको जनाएको छ ।

इजरायली धम्की पछि १० लाख प्यालेस्टाइनीले आफ्नो घरबार छोडेर भागेका छन्, जुन घेराबन्दीमा परेको एन्क्लेभको आधा जनसंख्या बराबर रहेको छ।

संयुक्त राष्ट्रको पछिल्लो मानवीय अपडेट अनुसार मध्य र दक्षिणी गाजामा प्यालेस्टिनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्र एजेन्सी युएनरडब्लुए सञ्चालित स्कूलहरूमा आश्रय खोज्ने लगभग ३ लाख ५२ हजार मानिसहरू समावेश छन्।

युएनरडब्लुएले स्कूलहरू भित्रका अवस्थाहरूलाई ‘बढ्दो रूपमा डरलाग्दो’ भनेर वर्णन गरेको छ। ती मध्ये एउटा विद्यालय, मध्य गाजाको अल मगाजी शरणार्थी शिविरमा मात्रै लगभग ४ हजार आन्तरिक रूपमा विस्थापित मानिसहरू आश्रय लिइ रहेका थिए । जसमाथी इजरायली हवाई हमला परे पछि  कम्तिमा छ जनाको मृत्यु भएको राष्ट्र संघले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ८ : २७ बजे

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको

एमाले र नेकपाबीच ३ बुँदे सहमति : कोशी, बागमती र लुम्बिनी एमालेलाई, कर्णाली र सुदुरपश्चिम नेकपालाई

काठमाडौं । राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक