२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा डा सापकोटा नियुक्त



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकारकार डा रुपक सापकोटा नियुक्त भएका छन । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो ।

डा सापकोटा हाल त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्राध्यापनरत हुन । यसअघि डा सापकोटाले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप-कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन ।

डा सापकोटा विश्व राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, भू-राजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलाका जानकार छन । उनले सन् २०१८ मा चीनको राजधानी बेइजिङस्थित रेनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधी हासिल गरेका थिए ।

हालै, प्रधानमन्त्री प्रचण्डको चीनको औपचारिक भ्रमणको उच्चस्तरीय प्रतिनिधिमण्डलमा डा सापकोटालाई परराष्ट्रविदका रुपमा सामेल गराइएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ४ : ५२ बजे

छ हजार ४०० सयले बढ्यो आज सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको

इरानी आक्रमणको भयले कसरी गरेका थिए ट्रम्पले टर्कीबाट बेलायतको गोप्य उडान ?

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट

स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार व्यक्ति पक्राउ

वीरगञ्ज  । स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार

घण्टाकर्ण पर्व मनाइँदै

काठमाडौं । सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ ।

ग्यास सिलिण्डर अनावश्यक भण्डारण नगर्न चितवन प्रशासनको आग्रह

चितवन । जिल्ला प्रशासन कार्यालयले ८०२ व्यक्तिको घरमा खाना पकाउने