१५ पुस २०८२, मंगलबार | December 30, 2025

बागलुङका पर्यटकीस्थलमा पर्यटकको चहलपहल



ढोरपाटन । चाडबाड सुरु भएसँगै बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल सुरु भएको छ । वर्षा याममा सुनसान बनेका पर्यटकीय क्षेत्रमा दशैँ सुरु भएपछि पर्यटकको चहलपहल बढेको हो ।

यो समयमा मानिसको फुर्सद हुँदा घुमफिरमा निस्किएको पाइन्छ । बागलुङको मुख्य धार्मिक पर्यटकीयस्थलका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा घटस्थापनाका दिनदेखि नै झक्तजनको घुइँचो लागेको थियो । दशमीसम्म यहाँ आउने भक्तजनको भीड नै लाग्ने गर्छ ।

बागलुङ कालिका मन्दिरसँगै नेपालको सबैभन्दा लामो बागलुङको बाङ्गेचौर र पर्वतको पाङ जोड्ने झोलुङ्गे पुल, पञ्चकोट, शालीग्राम सङ्ग्रहालय, ढोरपाटनलगायत गन्तव्यमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुन थालेको छ ।

नेपालको एकमात्रै सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पनि यो समयमा धेरै बाह्य पर्यटक आएको स्थानीय निमबहादुर घर्तीले बताए । अघिल्लो वर्षको तुलनामा यो वर्ष धेरै पर्यटक भित्रिएको उनी बताउँछन । ढोरपाटनमा पर्यटकका लागि आवास र भोजनको उचित व्यवस्थापन हुन थालेपछि पाहुँना बढ्दै गएका हुन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ९ : ०२ बजे

काठमाडौँको तापक्रम थप घट्यो, जुम्लामा माइनस ४.५

काठमाडौँ । काठमाडौँको तापक्रम आज यो वर्षकै सबैभन्दा कम मापन

पुसे १५ को शीतलहरमा पनि बुटवलको प्रदर्शनीमा थेगीनसक्नु भीड

बुटवल । बुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि,

एमाले नेता बासुदेव घिमिरेलाई बालेन टिमबाट रास्वपा प्रवेशको प्रस्ताव

बुटवल । नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधि सभा सदस्य

ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग

रौतहट । आज बिहान ७ः३० बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र

स्करपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा स्करपियोको