काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको र पूर्वी भू-भागमा बङ्गालको खाडीमा बनेको ‘हामून’ नामक चक्रवातको आंशिक प्रभाव रहेको जनाएको छ ।
अहिले बिहान कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ ।
देशका पहाडी भू-भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ ।
राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बुलेटिनमा उल्लेख छ । कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।




















प्रतिक्रिया