२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

तलेजुमा जीवित देवी एकान्त कुमारीको हातबाट टीका ग्रहण



भक्तपुर । भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिरमा विजयादशमीको दिन जीवित देवी एकान्त कुमारीको हातबाट टीका थाप्न सर्वसाधारणको भीड लागेको छ ।

कुमारी लुनिभा बज्राचार्यको हातबाट तलेजुका मूल नाईके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाएको मूल नाइके जोशीले जानकारी दिए ।

कुमारीको हातबाट टीका लगाएपछि मात्र अन्य व्यक्तिको हातबाट टीका लगाउने परम्परा रहेको जोशीले बताए । कुमारीले साइतको टीका लगाएपछि कुमारीको हातबाट टीका लगाउन विभिन्न विशिष्ट व्यक्तिहरु र सर्वसाधारण समेत तलेजु पुगेका छन् ।

यसअघि एकान्त कुमारीसहित ११ कुमारीको पूजा गरी भक्तपुर तलेजुमा तलेजु तथा कुमारी जात्रा सम्पन्न गरिएको थियो । तलेजुको प्रतिमूर्तिको रूपमा पुजिने एकान्त कुमारी लुनिभा बज्राचार्यलाई तलेजुको आगमघरमा ल्याएर विधिवत रूपमा जात्रा मनाइएको जोशीले बताए । टिबुक्छेँमा रहेको ११ जनाको गणकुमारीको चतुर्ब्रह्म महाविहारमा पूजा सकेर तलेजुमा विराजमान गराइएको थियो ।

तलेजुमा ऋग्वेद, यर्जुवेद, अथर्ववेद र सामवेद, चण्डीलगायतको पाठ गरी कुमारीको पुजारी प्रवेशराज राजोपाध्याय र प्राडा सिद्धिबीर कर्माचार्यले पूजा गरी जात्रा मनाइएको थियो ।

नवदुर्गाका रुपमा नौ कुमारी र भैरव तथा गणेश गरी ११ गणकुमारीको पुजा सकिएपछि तलेजुका पाँच सय २८ रकमीको सहभागितामा एकान्त कुमारीको पूजा गरिएको थियो । काठमाडौंस्थित कुमारी घरबाट कुमारीलाई शुभसाइतमा तलेजु मन्दिर स्थित दसैँ घरमा ल्याएर बिराजमान गराई मूल चोकमा राखेर पूजा गरिएको उनले जानकारी दिए ।

तलेजुमा दसैँमा ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँसको बली दिई तलेजु जात्रा मनाइएको छ । तलेजुमा मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि तलेजुमा बली दिइने परम्परा छ ।

घटस्थापनादेखि दशमीसम्म मूलगुठी, चौगुठी समुदायले श्रीद्धिमाजु देवीमा समेत पूजाअर्चना गर्ने परम्परा छ भने भण्डार पोखरीमा समेत विशेष पूजा गर्ने परम्परा छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ३ : ०१ बजे

यसवर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र खडेरी पर्नसक्ने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा नेपालमा

खजुरा क्यान्सर अस्पतालको लिन्याक मेसिनमा समस्या आएपछि रेडियोथेरापी सेवा अवरुद्ध

नेपालगन्ज । पश्चिम नेपाल कै एक मात्र क्यान्सर अस्पताल सुशिल

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३