७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बिद्युतिय उपकरण सहित लुम्बिनीबाट ३ जुवाडे पक्राउ



बुटवल । रूपन्देही प्रहरीले बिद्युतिय उपकरण सहित जुवा तास खेलिरहेको अवस्थामा बुधबार तीन जनालाई पक्राऊ गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरीले छापा हान्दा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १० मा रहेको लुम्बिनी गेष्ट हाउसबाट कपिलबस्तु शिबराज नगरपालिका वडा नम्बर ९ का ३७ बर्षीय मोहन प्रसाद निरौला, सोही ठाउका ३६ बर्षीय शिव ओली र रुपन्देही शुद्धोधन गाउपालिका वडा नम्बर ३ फर्साटिकर बस्ने ५५ बर्षीय राकेश बानियालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोहर भट्टका अनुसार होटलको कोठा नम्बर ४०१ मा जुवातास भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा प्रहरीले ठुलो परिमाणको तासको गड्डी सहित बिभिन्न उपकरणहरु फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा पुगी चेकजाँच गर्दा बिद्युतिय उपकरण सहित जुवा तास खेलिरहेको अवस्थामा तिनीहरु फेला परेको डीएसपी भट्टले बताए ।

उनिहरुबाट प्रहरीले लु ३ च २०२२ नम्बरको कार, ६ थान मोबाइल, मोवाईलको ब्यट्री (सानो, ठुलो) १७ थान , बिभिन्न किसिमका तासको २४ गड्डी, बिद्युतिय उपकरण मोवाईलको कनेक्टर १ थान, बिद्युतिय उपकरण ब्याट्री जस्तो देखिने २९ थान र बिद्युतिय उपकरण म्याक्स लेखेको ब्याट्री ४ थान बरामद भएको उनले बताए । उनले पक्राउ परेकाहरुको साथबाट ८३ हजार २७० नगद समेत बरामद भएको बताए ।

घटना सम्बन्धमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जुवा सम्बन्धी कसूरमा ७ दिन म्याद थप भई अनुसन्धान भईरहेको भट्टले बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  १० : ०५ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी