२७ माघ २०८२, मंगलबार | February 10, 2026

आईसीसी टी-२० विश्वकप छनोट : आज नेपाल र मलेसिया आमने-सामने



काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको दोस्रो खेलमा आज मलेसियासँग खेल्दैछ । खेल दिउँसो सवा १ बजे टीयू क्रिकेट मैदानमा हुनेछ ।

नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो । प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी घाइते भएपछि नेपाललाई प्लेइङ ११ मा सन्तुलन मिलाउन नै कठिन देखिएको छ ।

दीपेन्द्र सोमबार अभ्यास गर्नेक्रममा खेल अघि घाइते हुँदा बायाँ खुट्टाको एंकलमा चोट लागेको थियो । उनले प्रतियोगिता नै गुमाउने सम्भावना बढेको छ । उनी घाइते भएपछि विवेक यादवलाई उनको स्थानमा खेलाएको थियो ।

आजको खेल जिते नेपाल सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाउने छ । अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने २० ओभरको विश्वकपको अन्तिम छनोटमा नेपालसहित आठ टोली काठमाडौंमा खेलिरहेका छन् । प्रतियोगिताबाट शीर्ष दुई टोली विश्वकपमा छनोट हुनेछन् ।

आइतबार हुने फाइनलमा स्थान सुरक्षित गर्न सके नेपालले इतिहासमै दोस्रो पटक ट्वान्टी २० विश्वकपमा छनोट हुनेछ । नेपाल यसअघि २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएर सहभागी भएको थियो ।

प्रतियोगितामा नेपाल सहित आठ टिम सहभागी छन् । प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् ।

समूह ‘बी’मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । यो छनोटबाट फाइनलमा पुग्ने दुई टिम आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट हुनेछन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ७ : ३६ बजे

मतदातालाई ओलीको आग्रह : ‘साइको थ्रेट’ले चुपचाप मतदान गर्न उक्साए पनि सोची-विचारी मतदान गर्नुस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

कांग्रेसले सबैलाई समेटेर देश सम्हाल्छ : गगन थापा

सिरहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै विचार र

जेनजी पुस्ताको मर्मअनुरूप संविधान संशोधन गर्ने नेकपाको प्रतिबद्धता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले नवयुवा  (जेनजी)पुस्ताको मर्म अनुरुप आफ्नो

आगामी दशकलाई कृषि लगानी दशक : एक वर्षभित्र किसानलाई परिचयपत्र

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी दशकलाई ‘कृषि लगानी दशक’