२५ भदौ २०८३, बिहिबार | September 10, 2026

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट : नेपालले टस हार्‍यो, पहिले बलिङ गर्ने



काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा मलेसियासँग टस हारेको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा मलेसियाका अहमद फैजले टस जितेका हुन् । उनले पहिला ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको छन् ।

यो सगै नेपालले अब बलिङ गर्नेछ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो। मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो । घरेलु टोली नेपाल लगातार दोस्रो जित हात पार्दै सेमिफाइनल यात्रा सहज बनाउने लक्ष्यसहित मैदानमा उत्रँदैछ ।

नेपाल आजको खेलमा जित हात पारेमा सेमिफाइनलमा पुग्न सहज हुने छ । नेपालले अब तेस्रो खेल ओमानसँग खेल्नेछ । ओमान पनि दुई खेलमा जित पारेको टोली हो ।

नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन । नेपालका दीपेन्द्रसिंह ऐरी खुट्टामा चोटका कारण टोलीमा छैनन् । दीपेन्द्रको स्थानमा विवेक यादवलाई निरन्तरता दिइएको छ ।

नेपालको प्लेइङ ११

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अविनाश बोहरा ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  १ : १५ बजे

गृहमन्त्री गुरुङको पत्रकारलाई धम्कीप्रति अधिकारकर्मीको आपत्ति

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूप्रति दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति मानव

बाढी प्रभावित क्षेत्रको राहत र पुनर्स्थापनाबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को

दीपेन्द्रको अर्धशतकमा ओमानलाई १४८ रनको लक्ष्य

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा नेपालले एसीसी प्रिमियर कप

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

कपिलवस्तु । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्विक सम्पदा संरक्षणका लागि

त्रिपन्न हजार बढी ग्यास सिलिन्डर काठमाडौं पठाइयो

चितवन । कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौं जान नसक्ने