२ जेष्ठ २०८१, बुधबार | May 16, 2024

जमुनाह नाकाबाट दुई महिनामा १० करोड बराबरको केरा आयात



बाँके । नेपालगन्ज जमुनाह नाकाबाट दुई महिनामा १० करोड बढीको केरा नेपाल आयात भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा मात्र नेपालगन्ज भन्सार नाका हुँदै १० करोड ३१ लाख २५ हजार मूल्यबराबरको केरा आयात भएको छ ।

चाडपर्वका कारण दुई महिनामा केरा बढी आयात हुने गरेको र यो अवधिमा दुई हजार चार सय मेट्रिक टन केरा आयात भएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताए । उनका अनुसार यहाँबाट आयात भएको केरा देशका विभिन्न बजारमा पुग्ने गरेको छ । स्थानीय बजारमात्र नभई बर्दिया, सुर्खेत, दाङ हुँदै चितवनको नारायाणगढसम्म केरा खपत हुने गरेको छ ।

नेपालगन्जलगायत यस क्षेत्र केरालगायतका फलफूल उत्पादनको अवस्था न्यून छ । केरा उत्पादनका लागि किसान उत्साहित भए पनि भारतबाट आउने सस्तो मूल्यको केराका कारण किसानले उत्पादनतर्फ जोड नदिएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ ।

नेपालगन्ज नाका हुँदै अन्य फलफूल आयात हुँदै आएको छ । स्वदेशी केरा उत्पादक किसानले भारतबाट आउने केरा तत्काल रोक्नुपर्ने माग राख्दै आएका छन् । भारतबाट केरा आयात गरिएकाले बाँकेमा उत्पादन भएको केरा बिक्री–वितरण हुन नसक्दा किसानले लिएको ऋण जोखिममा पर्ने खतरा रहेको केराखेती गर्ने किसान देवेन्द्र अधिकारीले बताए ।

उनका अनुसार बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका केरा कृषक र आश्रित परिवार बेरोजगारीको चपेटामा परी वैदेशिक रोजगारी जानुपर्ने सम्भावना बढेको छ । बाँके र बर्दिया जिल्लामा चार हजार किसानले दुई हजार पाँच सय हेक्टरमा व्यावसायिक केराखेती गरिरहेका छन् । -रासस

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ११ : १५ बजे

सुसंस्कृत समाज निर्माणका लागि सीताबाट प्रेरणा प्राप्त हुने राष्ट्रपतिको विश्वास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लैङ्गिक विभेदलगायत सबै प्रकारका सामाजिक

पाल्पा बलेरो दुर्घटना अपडेट : १ जनाको मृत्यु, १४ जना घाइते (नामावलीसहित)

तानसेन । पाल्पामा बलेरो जिप दुर्घटना हुँदा एकजना ६ वर्षिय

क्रिमशन अस्पताल १३ औ वर्षमा, बिबिध कार्यक्रम गरि वार्षिकोत्सव मनाइँदै

बुटवल । रुपन्देहीमा स्वास्थ्य सेवा दिँदै आएको क्रिमशन अस्पतालले आफ्नो

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी

काठमाडौं । एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली

पेट्रोलमा ७ रुपैयाँ मूल्य घट्यो, डिजेल र मट्टितेलमा ५ रुपैयाँ कटौती

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ