काठमाडौं । बिहीबारदेखि सरकारी कार्यालयको सेवा ४ बजे सम्ममात्र पाइने भएको छ । सरकारको पूर्ववत निर्णय अनुसार कार्तिक १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको सेवा ४ बजे सम्म कायम हुने भएको हो ।
यसैअनुसार बिहीबारदेखि विहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे बन्द हुने छ ।
सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने गरेको छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको हो । अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ ।




















प्रतिक्रिया