२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

एनपीएल-३ मा लयमा देखिएका चार नेपाली क्रिकेटर



काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट दोस्रो चरणमा प्रवेश गर्ने क्रममा छ । प्रतियोगितामा प्लेअफ पुग्ने चार टोलीको टुङ्गो लागिसकेको छ । यसपालि लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

प्रतियोगिताको लिग चरणका खेलहरू जारी रहँदा यसपटक केही नेपाली युवा खेलाडीले आफ्नो प्रदर्शनबाट विशेष चर्चा बटुलेका छन । एनपिएलको प्रत्येक संस्करणले नयाँ प्रतिभालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्रिकेटमा आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्दै आएको छ । यसपटक पनि केही युवा खेलाडीले प्राप्त अवसरलाई सदुपयोग गर्दै आफ्नो उपस्थितिलाई बलियो बनाएका छन । बलिङतर्फ राहुल यादव र रिजन ढकाल तथा ब्याटिङतर्फ लोकेश बम, रशिद खानलगायतले प्रभावशाली प्रदर्शन गरेका छन ।

ट्यालेन्ट हन्टबाट ‘गोल्डेन क्याप’को दौडमा राहुल

यस संस्करणमा सर्वाधिक चर्चा कमाउन सफल खेलाडीमध्ये एक हुन युवा तीव्रगतिका बलर राहुल यादव । जनकपुर बोल्ट्समा आबद्ध राहुल ‘ट्यालेन्ट हन्ट’मार्फत छनोट भएर टोलीमा जोडिएका हुन । पहिलो सहभागितामै उनले आफ्नो बलिङ क्षमताबाट समर्थक तथा क्रिकेटप्रेमीको ध्यान खिच्न सफल भएका छन ।

राहुलले सात खेलमा १२ विकेट लिएका छन । यससँगै उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्षस्थानमा छन । काठमाण्डु गोर्खाजविरुद्धको खेलमा राहुलले चार ओभरमा ३१ रन खर्चिएर चार विकेट लिएका थिए । त्यसपछि लगातार दुई खेलमा विकेटविहीन भएका उनले पाँचौँ खेलमा दुई विकेट लिँदै पुनरागमन गरे । त्यसपछिका दुई खेलमा क्रमशः एक र तीन विकेट लिएका छन ।

रिजनको निरन्तर विकेट

यस संस्करणमा बलिङतर्फ रिजन ढकाल उत्कृष्ट लयमा देखिएका छन । चितवन राइनोजबाट खेलिरहेका ढकालले हासम्म पाँच खेलमा ११ विकेट लिएका छन । उनले प्रतियोगिताका प्रत्येक खेलमा विकेट लिएका छन ।

रिजनको प्रभावशाली बलिङ चितवनका लागि महत्त्वपूर्ण बनेको छ । चितवनले हालसम्म खेलेका छ खेलमध्ये तीन खेलमा जित हासिल गरेको छ । अन्तरराष्ट्रिय क्रिकेटको अनुभवसमेत बटुलिसकेका ढकालले नेपालका लागि आठ टी-२० अन्तरराष्ट्रिय र चार एकदिवसीय अन्तरराष्ट्रिय खेल खेलेका छन ।

ब्याटिङमा लोकेश बम अब्बल

ब्याटिङतर्फ लोकेश बमले यस संस्करणको एनपीएलमा राम्रो प्रभाव छोडेका छन । विराटनगर किङ्सबाट खेलिरहेका उनले सात खेलमा २४२ रन बनाएका छन । उनी लिगमा सर्वाधिक रन बनाउने ब्याटर हुन ।

लोकेशले प्रतियोगितामा दुई अर्धशतकीय पारी खेलेका छन । नेपालका लागि २९ टी-२० अन्तरराष्ट्रिय खेल खेलिसकेका लोकेशले अहिलेसम्म एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा भने डेब्यु गर्ने अवसर पाएका छैनन् ।

राशिद खान पनि पुनरामगनको खोजीमा

राशिद खानले पनि एनपिएलको तेस्रो संस्करणमा ब्याटिङबाट चर्चा बटुलेका छन । काठमाण्डु गोर्खाजबाट खेलिरहेका उनले छ खेलमा एक अर्धशतकसहित १५५ रन बनाएका छन ।

राशिदले नेपालका लागि हालसम्म दुई टी-२० अन्तरराष्ट्रिय खेल खेलेका छन ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  ८ : २० बजे

Your email address will not be published.

एनपीएल-३ मा लयमा देखिएका चार नेपाली क्रिकेटर

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट दोस्रो

एनपीएलमा आज चितवन-कर्णाली र काठमाडौं-पोखरा भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो सिजनअन्तर्गत आज

खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक

काठमाडौँ । रुसमा सम्पन्न पाँचौँ ओपन वल्र्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली

पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

महोत्तरी । लोकआस्थाको महापर्व छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य