७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

चिकित्सकसहितको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान



काठमाडौं । सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा विशेषज्ञ चिकित्सकसहितको ४१ जना स्वास्थ्यकर्मीको टोली पठाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज विहान उक्त टोली त्यसतर्फ गएको जानकारी दिए ।

उनका अनुसार टोलीमा नेपाल सैनिक अस्पतालबाट १६ जना, नेपाल प्रहरी अस्पतालबाट ११ जना, सशस्त्र प्रहरी अस्पतालबाट आठ जना र वीर अस्पतालबाट छ जना चिकित्सक र नर्स छन् । “चिकित्सक टोली जिल्ला अस्पतालमै घाइतेको शल्यक्रिया गर्ने व्यवस्थासहित गएको छ”, उनले भने, “हामीले आवश्यकअनुसार केन्द्रबाट थप जनशक्ति पठाउने छौँ ।”

गए राति जाजरकोट र पश्चिम रुकुममा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले गएको थियो । भूकम्पबाट ठूलो मानवीय क्षति भएको जनाइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ९ : ५० बजे

बुटवलमा अत्याधुनिक अस्पतालजन्य फोहर प्रशोधन केन्द्र सञ्चालन (भिडियोसहित)

बुटवल । बुटवल उपमहानगरपालिकाले अस्पतालजन्य फोहरको वैज्ञानिक व्यवस्थापनका लागि अत्याधुनिक

पूर्व अर्थमन्त्रीहरूको सुझाव : ‘महत्त्वाकांक्षी होइन, कार्यान्वयनमुखी बजेट ल्याउनुस्’

आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा पुगेका अर्थमन्त्री डा.

प्रधानमन्त्रीलाई भेटेपछि विपक्षी विरुद्ध सभामुख आक्रमक, अवरोधकै बीच बैठक अघि बढाए

काठमाडौं । विपक्षी दलहरुले संसदमा प्रधानमन्त्री उपस्थित भएर सांसदहरुले उठाएका

जब फेवातालमा डुङ्गा पल्टियो…

पोखरा । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए

प्रधानमन्त्रीलाई भेटे सभामुख अर्यालले

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका छन्