४ पुस २०८२, शुक्रबार | December 20, 2025

भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने – सहयोग गर्न भारत तयार छ



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएराति गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै मोदीले सबै सम्भव सहयोग गर्ने बताएका छन् । उनले भूकम्पबाट निधन भएका व्यक्तिका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख लागेको छ । भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सबै सम्भव सहयोग गर्न तयार छ,’ मोदीले लेखेका छन्, ‘हाम्रो विचार शोकसन्तप्त परिवारसँग छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या डेढ सय नाघिसकेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १० : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको