३० बैशाख २०८१, आइतबार | May 12, 2024

उपचारका क्रममा नेपालगन्ज ल्याईँदै गरेका एक घाइतेको बाटैमा मृत्यु



नेपालगन्ज । भूकम्पमा परेर घाइते भएका मध्य हेलिकप्टरबाट नेपालगन्ज ल्याई पुर्याइएका जाजरकोटका एक घाइतेको मृत्यु भएको छ । उनको नेपालगन्ज पुग्नु अगावै हेरिकप्टरमा मृत्यु भएको हो ।

हेलिकप्टरमा नेपालगन्ज ल्याइएका घाइते मध्य जाजरकोट नलगाड १ पालीका ३३ वषीय टेकबहादुर पुनको नेपालगन्ज नपुग्दै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । मध्यान्ह १२ः१५ बजे भेरी अस्पताल ल्याईएकोमा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कु पोखरेलले जानकारी दिए ।

हाल भेरी अस्पतालमा २७ जना घाइतेहरुको उपचार भइरहेको छ । प्रजिअ पोखरेलका अनुसार उपचाररत मध्य ८ जनाको अवस्था गम्भीर रहेको छ भने १८ जनाको अवस्था खतरामुक्त रहेको छ ।

अस्पतालमा उपचाररत घाइतेहरुलाई संबिधानसभाकी उपाध्यक्ष पूर्णाकुमारी सुबेदीले भेट गरि स्वास्थ्यलाभको कामना गरिकी छन् । उनी घाइतेहरु नेपालगन्ज अवतरण गरे लगत्ते अस्पताल पुगेकी थिइन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  २ : ३४ बजे

गायक रवि ओडले गरे आत्मसमर्पण

धनगढी । नेपाल आइडल सिजन २ का विजेता रवि ओडले

एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि

कोलकोता आइपिएलको प्लेअफमा

काठमाडौं । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को

काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या, चार जना पक्राउ

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ ।

प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक