१४ पुस २०८२, सोमबार | December 29, 2025

रुकुमबाट सात घाइतेलाई काठमाडौँ ल्याइयो



काठमाडौं । गए राति भूकम्पका कारण घाइते भएका रुकुमका सात जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत आज काठमाडौं ल्याइएका उनीहरुलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार रुकुमको सल्ले विमानस्थलबाट सात घाइतेसहित १५ यात्रु लिएर निगमको जहाज काठमाडौँ विमानस्थलमा अवतरण गरेको हो ।

निगमको एक ट्विनअटर जहाज आज बिहानैदेखि प्रभावित क्षेत्रमा उद्धार उडानमा खटिएको छ । उक्त जहाज चिकित्सक एवं स्वास्थ्य सामग्री लैजान परिचालन गरिएको छ । दुई ट्विनअटर जहाजमध्ये एक जहाज नेपालगञ्ज केन्द्रित भएर उद्धार कार्यमा खटिने तथा अर्को जहाजले काठमाडौँ केन्द्रित भएर सेवा दिने निगमले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ४ : ०८ बजे

सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौँ । सर्वोच्च अदालतमा सरकार र जेनजी पुस्ताबीच भएको १०

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको

नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये

भदौ २३ को नैतिक जिम्मेवारी लिन्छु, २४ गतेको घटना नियोजित षड्यन्त्र हो : रमेश लेखक

भदौ २३ को नैतिक जिम्मेवारी स्वीकार्छु, भदौ २४ को घटना

जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले दिए ६ पृष्ठको लिखित बयान (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जाँचबुझ