३ श्रावण २०८३, आइतबार | July 19, 2026

पुष्प मेलामा एक करोड १७ लाखको कारोबार



काठमाडौं । गत मङ्गलबादेखि सुरु भएको पुष्प मेलामा रु एक करोड १७ लाखको कारोबार भएको छ । एक करोड कारोवार हुने लक्ष्य राखेर सुरु गरिएको उक्त मेलामा लक्ष्यभन्दा १७ लाख बढीको कारोबार भएको आयोजक संस्थाले जनाएको छ ।

फ्लोरिकल्चर एशोसिएशसन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङका अनुसार मेलामा ४५ हजार जनाले अवलोकन गरेका थिए। सत्तरी वटा बिक्री कक्ष रहेको उक्त मेलामा बिक्री भएका फूलमध्ये ५० प्रतिशत गोदावरी फूल बिक्री भएको थियो ।

मेलामा व्यावसायिक स्टल ६१, प्रतियोगितात्मक स्टल दुई, फ्लावर सजावट स्टल दुई र सूचनामूलक पाँच गरी ७० वटा स्टल रहेका छन् ।

पूर्वरानी कोमल शाह, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, सांसद् डा तोशिमा कार्की, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतले मेला अवलोकन गरेका थिए । एशोसिएशनले नेपाली पुष्प व्यवसाहीको उत्पादनलाई प्रोत्साहन एवम् प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथै तिहारलाई लक्ष्य गरेर मेला आयोजना गरेको जनाएको छ ।

पछिल्लो समय काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिकरूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा करिब एक हजार दुई सय व्यवसायीले यसको खेती गर्दै आएका बताइएको छ ।

मेलामा प्रवेश शुल्कबाट उठेको रकम भूकम्पपीडितका लागि

आयोजक संस्थाले हिजो एक दिन मेलामा टिकट बिक्रीबाट उठेको रकमको ५० प्रतिशत रकम गत शुक्रबार राति जाजगरकोट र रुकुमपश्चिममा गएको भूकम्प पीडितका लागि सहयोग गर्ने जनाएको छ । सुरुमा पाँच दिनका लागि भनेर सुरु गरिएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको मेला अवधि एक दिन थप गर्दै आजसम्म सञ्चालन गरिएको र उक्त रकम भूकम्पीडितलाई सहयोग गर्ने बताइएको छ ।

एशोसिएशनले भनेको छ, “आइतबारको मेलाको टीकटबाट हुने आम्दानीको ५० प्रतिशत रकम जाजरकोट तथा पश्चिम रुकुम क्षेत्रका भूकम्पपीडितको सहयोगका लागि नेपाल सरकारको कोषमा जम्मा गरिने छ ।” रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ गत मङ्गलवारदेखि सुरु भएको १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आइतबार नै सकिएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ४ : ५८ बजे

उद्योग वाणिज्य संघ निर्वाचन : कांग्रेस निकट व्यवसायीबाट संजय थापा अध्यक्ष पदका उम्मेदवार

नेपालगन्ज । नेपालगन्जमा उद्योग वाणिज्य संघको निर्वाचन घोषणासँगै दल निकट

नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ

चितवन । वर्षायाममा सडक खुलेलगत्तै हतारमा सवारीसाधन ओभरटेक गर्ने प्रवृत्तिका

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा, ४२ करोड अझै बक्यौता

काठमाडौँ । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय