२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

कोशीमा पानीकाे बहाव याे वर्षकै उच्च, ब्यारेजका ४८ वटा ढोका खोलियो



राजविराज । कोशीमा पानीकाे बहाव याे वर्षकै उच्च भएपछि काेशी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खुल्ला गरिएको छ ।

मंगलबार बिहान ५  बजेको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

कोसी ब्यारेज भएर भइरहेको यो बहाव यो वर्षको सबैभन्दा बढी हो । मंगलबार बिहानको बहावले खतराको सतह पार गरेकोले तटीय क्षेत्रमा सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

कोसी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार पुगेपछि खतराको सूचक रातो बत्ती बाल्ने गरिन्छ ।

सप्तकोसीमा बहाव बढेसँगै पश्चिमी तटबन्धसँग टाँसिएका बस्तीहरु जोखिममा परेका छन् भने मध्यकोसीमा रहेको गोबरगाढा गाउँ पानीले घेरिएको छ । यसअघिकै बाढीमा स्थानीय तहले गोबरगाढाका बासिन्दाहरुलाई टापुबाट निकाल्ने प्रयास गरे पनि स्थानीयहरु निस्कन मानेका छैनन् । निरन्तरकाे वर्षाले देशभरका खाेला, नदीमा बाढी आउँदा कतिपय ठाउँका बस्तीहरू डुबानकाे जाेखिममा परेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ७ : ३२ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत