३० बैशाख २०८१, आइतबार | May 12, 2024

भारतबाट घुम्न आएकी युवतीको तिनाउ ड्याममा डुबेर मृत्यु



बुटवल । भारतबाट नेपाल घुम्न आएकी एक युवतीको तिनाउ ड्याममा डुबेर मृत्यु भएको छ । भारत उत्तर प्रदेश महगरकाजिपपुरकी २० वर्षीया शाहिस्ता प्रविणको आज मध्यान्ह १ः३० बजेको समयमा ड्याममा डुबेर मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

शिक्षकहरु सहित २०र२५ जनाको विद्यार्थीहरुको समुहमा आएकी प्रविणले फोटो खिच्नेक्रममा ड्याममा खसेकीमा प्रहरीले उद्धार गरि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए । युवती डुबेको खबर पाए लगत्तै पाल्पाको दोभान प्रहरीले उद्धार गरि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याएपनि उनको बाटैमा मृत्यु भइसकेको उनले बताए ।

मृतकको शवलाई लुमिबनी अस्पतालमा राखिएको र घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ३ : ४२ बजे

संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन

सिन्धुपाल्चोक । संसदको पूर्वाधार विकास समितिअन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको

चिदिका-रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली

बुटवल । चिदिका-रुपन्देही सम्पर्क समाज बुटवलको अध्यक्षमा गीता ज्ञवाली चयन

गायक रवि ओडले गरे आत्मसमर्पण

धनगढी । नेपाल आइडल सिजन २ का विजेता रवि ओडले

एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि

कोलकोता आइपिएलको प्लेअफमा

काठमाडौं । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को