७ चैत्र २०८२, शनिबार | March 21, 2026

काबुलमा यात्रुवाहक बसलक्षित विस्फोट, सातजनाको मृत्यु



काबुल । अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बसलाई लक्षित गरी भएको विस्फोटमा सातजनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएका छन् ।

काबुल प्रहरीका प्रवक्ता खालिद जादरानले राजधानीको दश्त-ए-बार्ची क्षेत्रमा विस्फोट भएको बताए ।

जादरानले सामाजिक सञ्जाल एक्स (ट्विटर)मा लेखेका छन्, “काबुलको दश्त-ए-बार्ची क्षेत्रमा सर्वसाधारण यात्रु बोकेको बसमा विस्फोट भएको छ । दुर्भाग्यवश हाम्रा सातजना देशवासी सहिद भएका छन् र अन्य २० जना घाइते भएका छन् ।”

सुरक्षाकर्मी घटनास्थलमा पुगेको र अनुसन्धान सुरु गरिएको उनले बताए ।

सन् २०२१ को अगष्टमा तालिबानले अमेरिका समर्थित सरकारलाई सत्ताच्युत गरेपछि तालिबानले आफ्नो विद्रोह अन्त्य गरेपछि बम विस्फोट र आत्मघाती आक्रमणको संख्यामा नाटकीय रुपमा कमी आएको छ ।

यद्यपि, आईएसको क्षेत्रीय शाखासहित थुप्रै सशस्त्र समूहहरू अझै पनि खतरामा छन् । गत अक्टोबरको अन्त्यतिर इस्लामिक स्टेट समूहले सोही क्षेत्रमा रहेको एक स्पोर्ट्स क्लबमा भएको विस्फोटको जिम्मेवारी लिएको थियो । उक्त विस्फोटमा चारजनाको मृत्यु हुनुका साथै सातजना घाइते भएको तालिवान अधिकारीहरूले बताएका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ७ : १७ बजे

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६

ढोरपाटनमा भारी हिमपात

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी

आज देशभर बादल लाग्ने, मध्यम वर्षा/हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय

आज मुस्लिम समुदायले ईद उल फित्र पर्व मनाउँदै

काठमाडौं । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत

आज ‘इद उल फित्र’, इस्लाम धर्मालम्बीहरुले धुमधामका साथ ‘इद’ मनाउँदै

काठमाडौं । देशभरका इस्लाम धर्मावलम्बीले आज इद(उल फित्र (इद) मनाउँदै