२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

काबुलमा यात्रुवाहक बसलक्षित विस्फोट, सातजनाको मृत्यु



काबुल । अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बसलाई लक्षित गरी भएको विस्फोटमा सातजनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएका छन् ।

काबुल प्रहरीका प्रवक्ता खालिद जादरानले राजधानीको दश्त-ए-बार्ची क्षेत्रमा विस्फोट भएको बताए ।

जादरानले सामाजिक सञ्जाल एक्स (ट्विटर)मा लेखेका छन्, “काबुलको दश्त-ए-बार्ची क्षेत्रमा सर्वसाधारण यात्रु बोकेको बसमा विस्फोट भएको छ । दुर्भाग्यवश हाम्रा सातजना देशवासी सहिद भएका छन् र अन्य २० जना घाइते भएका छन् ।”

सुरक्षाकर्मी घटनास्थलमा पुगेको र अनुसन्धान सुरु गरिएको उनले बताए ।

सन् २०२१ को अगष्टमा तालिबानले अमेरिका समर्थित सरकारलाई सत्ताच्युत गरेपछि तालिबानले आफ्नो विद्रोह अन्त्य गरेपछि बम विस्फोट र आत्मघाती आक्रमणको संख्यामा नाटकीय रुपमा कमी आएको छ ।

यद्यपि, आईएसको क्षेत्रीय शाखासहित थुप्रै सशस्त्र समूहहरू अझै पनि खतरामा छन् । गत अक्टोबरको अन्त्यतिर इस्लामिक स्टेट समूहले सोही क्षेत्रमा रहेको एक स्पोर्ट्स क्लबमा भएको विस्फोटको जिम्मेवारी लिएको थियो । उक्त विस्फोटमा चारजनाको मृत्यु हुनुका साथै सातजना घाइते भएको तालिवान अधिकारीहरूले बताएका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ७ : १७ बजे

नेपाल भारत सीमा अन्तर्गत जमुनाहा नाका आज साँझबाट सिल

नेपालगन्ज । भारतमा हुने लोकसभा निर्वाचनको सुरक्षाका लागि भन्दै नेपाल–भारत

जेठ १ मा संसद्को संयुक्त बैठक, राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मङ्गलबार सङ्घीय संसद्का दुवै

उद्योगी व्यवसायीको मनोबल बढाउनेगरी बजेट ल्याउन व्यवसायीले केपी ओली गुहारे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले राष्ट्रियहितलाई

कोशीका मुख्यमन्त्री कार्कीले बैशाख ३१ गते विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वैशाख

दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकी सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको