२९ भदौ २०८३, सोमबार | September 14, 2026

नेकपा स्थायी कमिटी बैठक पुन: एक साताका लागि स्थगित, उद्धार र राहतमा जुट्ने प्रस्ताव पारित



काठमाडौं । पार्टीभित्रको अन्तरविरोध हल हुने कुनै बाटो नभेटिएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक पुनः एक हप्तासम्म स्थगित गरिएको छ ।

आज मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठक स्थगित गरेर १ बजे बस्ने गरी सारिएको थियो । तर, १ बजेपछि केही मिनेट बसेको बैठक एकसाताका लागि सारिएको हो ।

अविरल वर्षाले पारेको जनधनको क्षतिको लागि उद्धार र राहतमा जुट्ने प्रस्ताव पारित गर्दै बैठक एक हप्ताका लागि स्थगित गरिएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए ।

देशभर बाढीपहिरोको कारण उद्दारमा केन्द्रित हुन परेको भन्दै बैठक स्थगित गरिएको हो । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित रहेका थिए ।

बाढी पहिरो बहाना बनेपनि नेकपाभित्र चर्किएको अन्तरर्संघर्ष समाधान गर्ने बाटो पहिल्याउन नसक्दा यतिबेला शिर्ष नेताहरु नै तनाबमा परेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  २ : १६ बजे

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

काठमाडौं । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध