२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

तिहार प्रेरणाको विम्ब र उज्यालोको पर्व हो : मुख्यमन्त्री पाण्डे



गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तिहार प्रेरणाको विम्बका साथै उज्यालोको पर्व भएको बताएका छन् ।
नेपालीहरूको महान् चाड तिहारका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै पाण्डेले तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई प्रगाढ बनाउने बताए ।
“पौराणिक, व्यावहारिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं वैज्ञानिक महत्व बोकेको तिहार प्रेरणाको विम्बका साथै उज्यालोको पर्व पनि हो”, उनले सन्देशमा भनेका छन् ।
काग तिहारदेखि सुरु भएर भाइटिकाको दिनसम्म प्राणी जगत्का साथै लक्ष्मी माताको पुजाआराधना गरी खुसियालीको प्रतीकका रुपमा पाँच दिनसम्म यो पर्व मनाइने भएकाले यसले आपसी सम्बन्ध थप प्रगाढ बनाउने सन्देशमा उल्लेख छ ।
सांस्कृतिक, भाषिक, जातीय एवं धार्मिक विविधताले भरिपूर्ण नेपालमा यस्ता पर्वले विविधताबीचको एकतालाई थप सुदृढ र मजबुत बनाउने उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले मुलुकभित्र प्रचलित संस्कृति, परम्परा एवं सभ्यताको जगेर्ना गर्नु हामी सबैको साझा दायित्व भएको बताए ।
यस पर्वको अभिन्न अङ्गका रुपमा रहेको देउसीभैलो खेल्ने परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सन्देशमा पर्वका नाममा समाजमा विद्यमान कूरीति एवं विकृतिप्रति सचेत रहन र हटाउनेतर्फ पहल गर्न सबैमा अपिलसमेत गरिएको छ ।
यस पर्वले हामी सबैमा नयाँ उत्साह, जोश, जाँगर थप्दै गण्डकी प्रदेश सरकारले लिएको सम्मुन्नत प्रदेश, सम्मानित प्रदेशवासीको सङ्कल्प हासिल गर्न थप प्रेरित गर्नेछ भन्ने विश्वासका साथ मुख्यमन्त्रीले सबैमा उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  १२ : ३८ बजे

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त

एसईई दिएर फर्किँदै गर्दा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

महोत्तरी । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक

पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल र करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा