१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

साउन १५ देखि होटल रेष्टुरेन्ट खोल्न पाइने, भदौ १ देखि विद्यालयमा विद्यार्थी भर्ना अभियान थाल्ने



काठमाडौं । सरकारले साउन १५ गतेदेखि होटल–रेस्टुरेन्ट खोल्न दिने निर्णय  गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै  होटल रेष्टुरेन्ट संचालन गर्ने दिने निर्णय भएको जानकारी गराएका हुन् ।

तर, सामुहिक रुपमा गरिने भोज भतेर, पार्टी सेमिनार जस्ता गतिविधि भने होटल रेष्टुरेन्टमा गर्न पाइनेछैन ।

यस्तै भदौ १ देखि विद्यालयमा विद्यार्थी भर्ना अभियान थाल्ने निर्णय पनि सरकारले गरेको छ । यसैगरी परीक्षाका कार्यक्रम र शैक्षिक गतिविधि सुरु गर्ने निर्णय पनि सरकारले गरेको छ ।

यस्तै  सरकारले अन्तरजिल्ला यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । भदौ १ गतेबाट अन्तरजिल्ला यातायात संचालन गर्ने निर्णय भएको खतिवडाले  जानकारी दिएका छन् ।

यस्तै, ट्रेकिङ र ट्राभल व्यवसाय पनि खोल्न दिने निर्णय पनि सरकारले गरेको छ ।

कोरोना भाइरसको महामारी रोक्न भन्दै गत चैत्र ११ गतेदेखि सरकारले लगाएको लकडाउन अब अन्त्य भएको पनि मन्त्री खतिवडाले बताए ।

यसैगरी, हालै आएको बाढी पहिरोमा परि घाइते भएकाहरुको उपचारको व्यवस्था सरकारले गर्नेभएकोछ । मृतकका परिवार, घाइते र अशक्तलाई यथोचित राहतको व्यवस्था पनि गर्ने निर्णय भएको खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ७ : १२ बजे

प्रतिनिधिसभाको बैठक आज, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

सरकार-चिकित्सक सहमतिपछि आजदेखि अस्पतालका सबै सेवा नियमित

काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि

नेदरल्यान्डससँग नेपाल पराजित

काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार सम्पन्न

मनसुनी वायुको प्रभावः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र