१८ श्रावण २०८३, सोमबार | August 3, 2026

सरकारी निर्णय अवज्ञा गर्दै गोरखापत्रको अनलाईनले राखेन नेपाल संवत्



नेपालगन्ज । सरकारले नेपाल संवत्‌लाई राष्ट्रिय मान्यता दिँदै सरकारी कागजातमा नेपाल संवत् उल्लेख गर्ने निर्णय गरेपनि सरकारकै स्वामित्वमा रहेको गोरखापत्रको अनलाईन् संस्करणले आफ्नो प्रकाशनमा नेपाल संवत् प्रयोग गरेको छैन । यसवर्षको नेपाल संवत् सुरु भएको गत २८ गतेबाट सरकारी कागजातमा नेपाल संवत् उल्लेख गर्ने सरकारी निर्णयको गोरखापत्रले अवज्ञा गरेको हो ।

नेपाल संवत् ११४४ प्रारम्भ भएको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवत्‌ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्दै सोही दिन (कार्तिक २८) बाट सरकारी कागजातमा नेपाल संवत् उल्लेख गर्ने घोषणा गरेका थिए।

नेपाल संवत्लाई मौलिक संवत्‌ भन्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नेपाल संवत्का प्रवर्द्धक शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए।​

विसं २०६५ मा तत्कालिन प्रधानमन्त्री प्रचण्डले नेपाल संवत्‌ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए। कात्तिक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परा काठमाडौंमा अझै छ।

राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्‌को सुरुवात गराएको इतिहासकारहरुले बताउँदै आएका छन्।

 

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  १० : २० बजे

आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह

काठमाडौँ । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य

विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक