३ आश्विन २०८३, शनिबार | September 19, 2026

वाटफोर्डविरुद्ध म्यानचेस्टर सिटीको शानदार जित



एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वाटफोर्डविरुद्ध शानदार जित हासिल गरेकाे छ ।  मंगलबार राति भिकारेज राेड स्टेडियममा सिटीले घरेलु टाेली वाटफोर्डलाई ४–० गाेलको फराकिलो अन्तरले पराजित गरेकाे हाे ।

सिटकाे जितमा इंग्लिस फरवार्ड रहिम स्ट्रलिङले २, फिल फाेडन र एमिरिक लापाेर्तेले १/१ गाेल गरे ।

जितसँगै दोस्रो स्थानमा रहेको सिटीले ३७ खेलबाट ७८ अंक बनाएको छ । ३४ अंक जोडेकाे वाट्फोर्ड रेलिगेसन जोनमा छ ।

गएराति नै भएकाे अर्काे खेलमा माेलिनेयुक्स स्टेडियममा वल्भ्सले क्रिस्टल प्यालेसलाई २-० गाेलले पराजित गर्‍याे । वल्भ्सकाे जितमा डेनियल पाेडेन्स र जाेन्नीले गाेल गरे । जितसँगै ३७ खेलबाट वल्भ्सकाे ५९ अंक भएकाे छ ।

यस्तै ट्रेजेग्वेटकाे गाेलबाट एस्टाेन भिल्लाले आर्सनलविरुद्ध १–० गोलको जित हात पार्‍यो ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ६ : ४४ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको