९ असार २०८३, मंगलबार | June 23, 2026

आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको सम्मान गर्न मानव अधिकार आयोगको आग्रह



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको सम्मान गरी प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन सबै पक्षलाई आग्रह गरेको छ ।

आयोगले नेपालको संविधान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनमा उल्लिखित प्रावधानको पालनामा संवेदनशील हुँदै आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको सम्मान गरी प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन सबै पक्षलाई आग्रह गरेको हो ।

आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण रुपमा भेला हुने अधिकारको सम्मान गर्दै नागरिकमाथि अनावश्यक बल प्रयोग नगर्न तथा प्रदर्शनमा शान्ति सुरक्षाको व्यवस्थालाई प्रभावकारी बनाउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।”

नेकपा (एमाले) को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंलगायतद्वारा यही मङ्सिर ७ गते काठमाडौँमा गर्ने भनिएको प्रदर्शनको मानव अधिकारको दृटिकोणबाट अनुगमन गर्ने आयोगले जनाएको छ ।

“आयोगले यस सम्बन्धमा विभिन्न सामाजिक सञ्जालमा आएका अभिव्यक्ति एवं सञ्चारमाध्यममा प्रकाशन, प्रसारण भएका सामग्रीलाई गम्भीररुपमा लिई नजिकबाट अध्ययन गरिरहेको छ”, विज्ञप्तिमा भनिएको छ, “दुवै पक्षबाट शक्ति प्रदर्शन गर्ने र आरोप प्रत्यारोपयुक्त अभिव्यक्ति दिनेजस्ता गतिविधि भएको पाइएकाले यसबाट सर्वसाधारण नागरिकमा भय र त्रासको अवस्था सिर्जना भएको पाइएको छ ।”

लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाइने संवैधानिक अधिकार भए पनि मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ र नेपाल पक्ष राष्ट्र बनेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ ले समेत शान्तिपूर्ण प्रदर्शन तथा अभिव्यक्ति स्वतन्त्रताको हकको सुनिश्चितता गरेको छ । तर प्रदर्शनलाई शान्तिपूर्ण बनाउनु र संयमता अपनाउनु प्रदर्शनकारीकै प्राथमिक दायित्व रहेको आयोगको ठहर छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  १० : ३५ बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३