२९ माघ २०८२, बिहिबार | February 12, 2026

पोखरामा केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिता सुरु



पोखरा । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता पोखरामा सुरु भएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारको लगानीबिना खेल र खेलाडीको विकास असम्भव भएको बताए ।

‘जबसम्म खेलाडीहरू व्यवसायिक बन्न सक्दैनन् । तबसम्म खेलकुदमा समृद्धि सम्भव छैन । यसको परिपूर्ति गर्ने काम सरकारको हो’, उनले भने ।

प्रतियोगिताको पहिलो खेलमा आयोजकको मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ र बागमती प्रदेशबिच भैरहेको छ । एकेडेमी ‘रातो’ले टस जितेर पहिले फिल्डिङ रोजेको छ । एकेडेमी ‘रातो’को कप्तानी अमर मिश्रले र बागमतीको कप्तानी सन्दीप लामिछानेले गरेका छन् ।

प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता हुनेछ ।

प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ३ : ०० बजे

भदौ २४ गते राष्ट्रपतिलाई समेत ढालेर कठपुतली सरकार बनाउने षड्यन्त्र भएको थियो : प्रचण्ड

बागलुङ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचनलाई

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड

टी-२० विश्वकप : इटालीले टस जितेर फिल्डिङ रोज्यो, नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत बिहीबार नेपाल र इटालीबीच

१३ औं संस्करणको ‘दीप गायन तारा’ शुक्रबारदेखि सुरु हुँदै

बुटवल । रूपन्देहीका विद्यार्थीमा लुकेर रहेका गायन प्रतिभालाई पहिचान र

राष्ट्रपति पौडेलले गरे राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका