२९ मंसिर २०८२, सोमबार | December 15, 2025

धम्बोझीमा भएको दुर्घटनामा मृतक किशोरीको सनाखत, नेपालगन्ज-१७ की सालिनी पाठकको मृत्यु



नेपालगन्ज । नेपालगन्जको धम्बोझीमा भएको सवारी दुर्घटनामा मृत्यु भएकी किशोरीको सनाखत भएको छ । धम्बोझीबाट सेतुबिक जाने चोकको जेब्रा क्रसिङमा ट्याङ्करको ठक्करबाट नेपालगन्ज १७ की १७ वर्षीया सालिनी पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख ८८५२ नम्बरको ट्याङ्करले सोही दीशाबाट आउँदै गरेको भे ११ प ७६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडी सवार पाठकको मृत्यु भएको हो । ठक्करबाट पाठकका बुवा दिलीपकुमार पाठक घाइते भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुबेदीले बताए । ठक्कर लगत्तै उद्धार गरि अस्पताल पठाइएकोमा चिकित्सकले किशोरी पाठकलाई मृत घोषणा गरेको उनले बताए ।

दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ७ : ०३ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले