५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

अष्ट्रेलियाका ‘जलवायु पक्षधर’ प्रदर्शनकारीले गरे कोइला निर्यातमा अवरोध, १०९ पक्राउ



सिडनी । विश्वको सबैभन्दा ठूलो कोइला बन्दरगाहमा नाकाबन्दी गरिएको छ । दुई दिने नाकाबन्दीमा संलग्न मजदुर मध्ये १०९ जनालाइ पक्राउ गरेका छन् ।

सयौं प्रदर्शनकारीले अष्ट्रेलियाको न्यूक्यासल बन्दरगाहको शिपिंग लेन कब्जा गरेका छन भने जलवायु निष्क्रियताको विरोध गरेका छन् ।

जुन अवरोधका कारण आधा मिलियन टन भन्दा बढी कोइला देशबाट हुने निर्यात रोकिएको छ । अष्ट्रेलिया विश्वको दोस्रो ठूलो कोइला निर्यातकर्ता हो । र, आफ्नै बिजुलीको आवश्यकताको लागि कोयल ईन्धनमा निर्भर रहेको छ ।

सिड्नीबाट लगभग १७० किमी टाढा रहेको न्यु क्यासल बन्दरगाह कोइला ढुवानीका लागि देशको सबैभन्दा महत्त्वपूर्ण टर्मिनल हो । अष्ट्रेलियाभरबाट अनुमानित ३० हजार मानिसहरूले यसको शिपिंग लेनमा ३० घण्टाको नाकाबन्दीमा भाग लिएका थिए ।

तर दर्जनौं प्रदर्शनकारीहरू विरोध पानीमा नै रहेर बिरोध गरी अबरोध गरे पछि १०८ जनलाइ गिरफ्तार गरिएको थियो, जसमा पाँच नाबालिग पनि समावेश रहेका छन, जसलाई पछि रिहा गरियो । सोमबार न्यू साउथ वेल्स पुलिसको एक बयान अनुसार, बन्दरगाह च्यानल छोड्न अस्वीकार गरेको १०२ जनालाई आरोप लगाइएको छ ।

‘मैले मेरा नातिनातिना र भावी पुस्ताका लागि यो गरिरहेको छु,’ प्रदर्शनमा रहेका ९७ वर्षीय एलन स्टुअर्टले भने, ‘हाम्रो निष्क्रियताको नतिजा उनीहरूले भोग्नुपर्नेमा म धेरै दुःखी छु । त्यसैले, म जे गर्न सक्छु त्यो मेरो कर्तव्य हो भन्ने लाग्छ ।’

बिहीबार दुबईमा सुरु हुने वार्षिक विश्वव्यापी जलवायु परिवर्तन शिखर सम्मेलन कोप २८ भन्दा केही दिन अगाडि यो विरोध प्रदर्शन भएको हो ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ९ : ४५ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया