२ पुस २०८२, बुधबार | December 18, 2025

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दुई नेताबीच भेटवार्ता भएको हो ।

भेटमा गणतन्त्र विरोधीहरुबाट पछिल्लो दिनमा भैरहेका आन्दोलन र गतिविधि, संक्रमणकालीन न्यायका लागि टीआरसी विधेयकको टुंगो, लगायत समसामयिक घटनाक्रममा छलफल भएको बताइएको छ ।

प्रमुख राजनीतिक दलहरु जनआन्दोलनका उपलब्धी गणतन्त्र र संविधान जोगाउने विषयमा एकमत छन् ।

प्रधानमन्त्री प्रचण्ड कोप २८ सम्मेलनका लागि संयुक्त अरब इमिरेट्स यूएईको दुबई जानुअघि ओलीसँग भेट भएको हो ।

प्रचण्ड भोलि दुबई जाँदैछन् । यस्तै, एमालेअध्यक्ष ओली पनि मध्यपहाडी लोकमार्ग पदयात्रामा मंगलबार नै निस्कँदैछन् ।

भेटअघि प्रचण्डले ओलीलाई पुनर्निर्माण भएको सिंहदरबारको पश्चिमतर्फको भवनको अवलोकन गराएका थिए । भूकम्पपछि क्षति पुगेको यो भवन प्रबलीकरण (रेट्रोफिटिङ) गरी केही दिनअघिबाट सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ३ : ४९ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल