७ श्रावण २०८३, बिहिबार | July 23, 2026

भारत सरकार मातहतको आइबीसीको अध्यक्षमा डा. ल्हारक्याल लामा निर्वाचित



लुम्बिनी । भारतमा भएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (प्रथम योल्मो खेन्पो छिमे छिरिङ) अध्यक्षपदमा निर्वाचित भएका छन् । विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था अन्तराष्ट्रिय बौद्ध परिसंघको प्रेसिडेन्टमा लामा निर्वाचित भएका हुन् ।

लामालाई सम्मेलनले अन्तराष्ट्रिय बौद्ध परिसंघको शक्तिशाली अधिकार प्राप्त कार्यकारी स्थायी समितिमा निर्वाचित गर्दै प्रेसिडेन्ट पदमा निर्वाचित गरेको हो ।

विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशन सोमबार देखि भारतको नयाँ दिल्लीमा सुरु भएको छ। विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था विश्व बौद्ध शिखर सम्मेलनको महाधिवेशनमा सहभागी हुन उपाध्यक्ष डा. लामा दिल्ली छन् ।

लामाले आइबीसीको स्थापनाकाल सन् २०११ साल देखि २०१६ सम्म स्थायी समिति सदस्यमा निर्वाचित भएर काम गर्दै आएका थिए । सन् २०१७ को दोस्रो महाधिवेशनबाट अधिकार प्राप्त कार्यकारी सदस्यमा पुनः निर्वाचित भएर उनी सचीवमा निर्वाचित भएका थिए।

भारत सरकारको मातहतमा रहेको आइबीसीले विश्वभरका बुद्धिष्टहरुलाई एकताबद्ध गर्दै विश्वभर शान्ति स्थापनको निम्ति विभिन्न कार्यक्रमहरु अगाडि बढाउदै आएको छ। बुद्धिष्टसंग सम्बन्धित रहेका पुरात्वातिक क्षेत्रहरुको खोज तथा अनुसन्धान गर्दै सम्बन्धित क्षेत्रहरुको संरक्षण र सम्बर्द्धन गर्दै आएको छ ।

हाल भारतको नयाँ दिल्लीमा रहेको बुद्धिष्टहरुको छाता सगठन जसले विश्वभरका बौद्धमार्गीहरुको साझा मञ्चको रूपमा काम गर्दै आइरहेको छ भने आइबीसीको हाल ३९ देशहरूमा ३२० भन्दा बढी संगठनहरु रहेको छ । उक्त संस्थाको प्रेसिडेन्टमा निर्वाचित भएका डा.लामाले सम्मेलनले आफूलाई अध्यक्षमा निर्वाचित गरेर बुद्ध जन्मस्थल पवित्र भुमी नेपालको सम्मान गरेको बताए ।

अन्तर्राष्ट्रिय बुद्धिष्ट राष्ट्रहरु सम्मिलित आइबीसीमा कोषका उपाध्यक्ष डा. लामा प्रेसिडेन्टमा निर्वाचित भएसँगै लुम्बिनी र बुद्धबारेको भ्रम चिर्न सफल हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ५ : ५५ बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ